Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा हिमपातको पनि सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी, मधेस, लुम्बिनी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस
Latest NewsJust now

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस कायम भएको छ। मंगलबार सोही समयमा न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको थियो। महाशाखाका अनुसार वास्तविक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गरिन्छ। यस समयमा तापक्रम केही घट्ने वा स्थिर रहने सम्भावना रहन्छ। मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहानको न्यूनतम तापक्रम बढ्ने र ...

नेपालन्युज
यस्तो छ विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ...

नेपालन्युज
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
Latest NewsJust now

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा साविक विजेता लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलको टिकट काटेको हो । अर्कोतर्फ पराजित सुदूरपश्चिमले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर २० बल बाँकी छँदै भेट्टायो । लुम्बिनीले पहिलो ओभरमै विकेट गुमायो ...

केन्द्रबिन्दु
तराईका भू-भागमा हुस्सु लाग्ने, देशका अन्य केही स्थानमा पानी पर्ने
Latest NewsJust now

तराईका भू-भागमा हुस्सु लाग्ने, देशका अन्य केही स्थानमा पानी पर्ने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बुधबार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भु-भागमा साधारणतया बादल लागेको छ । लुम्बिनी प्रदेशको पहाडी भु-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेश ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play