Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै
Photo / Coverage: पर्दाफास

कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर आजदेखि उक्त व्यवस्था कार्यान्वयनमा आएको घोषणा गरेका हुन्। कानुनमै व्यवस्था गरेर प्रदेशका थप १३ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने व्यवस्था गरिएको उनले बताए। संवैधानिक व्यवस्थाअनुसार भाषा आयोगले कोशी प्रदेशमा मैथिली र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सिफारिस गरेको थियो। तर, प्रदेशको बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक विविधता तथा विभिन्न जातजातिको पहिचान संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले प्रदेशका थप १३ भाषालाई कामकाजको भाषाका रूपमा प्रयोग गर्न कानुन निर्माण गरी प्रदेश सरकार अघि बढेको हो। प्रदेश सरकारले राई, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, नेपाल भाषा, चाम्लिङ, शेर्पा, सन्थालीलगायत भाषालाई समेत कानुनी व्यवस्थामा समेटेको छ। प्रदेश प्रमुखको कार्यालयले गत कात्तिक ११ गते ‘प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ प्रमाणीकरण गरेपछि उक्त व्यवस्था कार्यान्वयनमा ल्याउने बाटो खुलेको हो। प्रदेश सरकारले हरेक वर्ष प्रदेश भाषा दिवस मनाउने घोषणा गर्दै भाषिक विविधताको संरक्षण, प्रवद्र्धन र विकासमा जोड दिएको छ। यसले प्रदेशको बहुभाषिक पहिचानलाई संस्थागत गर्दै विविधताबीचको एकतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ। मुख्यमन्त्री कार्कीले आज जारी गरेको शुभकामना सन्देशमा प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था कार्यान्वयनमा आउनु कोशी प्रदेशका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्। यसले प्रदेशमा रहेका विभिन्न भाषा, संस्कृति र समुदायको पहिचानलाई सम्मान गर्दै विविधतालाई एकतामा बाँधेर अघि बढ्न थप प्रेरणा मिल्ने उनले बताएका छन्। कोशी प्रदेश सरकार सबै परम्परा, संस्कृति, लिपि र भाषाको संरक्षण गर्दै हरेक जातजातिको पहिचान स्थापित गर्न आफ्नो स्रोतसाधनले भ्याएसम्म लागिपरेको पनि मुख्यमन्त्री कार्कीले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए
OthersJust now

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मध्यरातमा जेलबाट अस्पताल लगिए

२५ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई मङ्गलबार र बुधबारको मध्यरातमा कडा सुरक्षाबीच अडियाला जेलबाट इस्लामावादस्थित पीआईएमएस अस्पताल लगिएको छ। अस्पताल प्रशासनसँग आबद्ध एक अधिकारीका अनुसार, त्यहाँ पहिल्यै उपस्थित डाक्टरहरूको एक विशेष टोलीले उनको स्वास्थ्य जाँच र उपचार गरेको थियो। बीबीसी उर्दूका अनुसार ती अधिकारीले स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप, ज्वरो र आँखाको जाँचका साथै… ...

अनलाइन खबर
गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा
OthersJust now

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

चाडबाडमा गाउँभरि झिलिमिली र रमझम छ, तर कञ्चनपुरको निगालीमा भने गरिबीले तिहारको खुसी खोसेको छ । घरघरमा ताल्चा छन्, गाउँमा भएकाहरूलाई पनि बिहान–बेलुका चुलो कसरी बाल्ने भन्ने चिन्ता छ । ...

अनलाइन खबर
राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका
OthersJust now

राष्ट्रपति पौडेलले बहिनी शारदाबाट लगाए भाइटीका

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन् । टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन् । नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ ...

पर्दाफास
दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला
OthersJust now

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् । सांस्कृतिक कार्यक्रममा जाने भन्दै घरबाट निस्किएका राई खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित सुनकोसी नदीको राजदह नजिकै बालुङमारीमा मृत फेला परेका हुन् । उनी कात्तिक २४ गते राति मृत फेला परेको प्रहरीले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play