Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात
Photo / Coverage: कर्पोरट खबर

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका हुँदै आइतबारसम्म तीन हजार ७२५ मेट्रिकटन फलफूल चीनतर्फबाट आयात भएको छ । गत भदौ २० गतेदेखि कोरला नाकाबाट चिनियाँ फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो । यो नाकाबाट हालसम्म ११ किसिमका फलफूल चीनबाट नेपालतर्फ भित्रिएका कोरला नाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयले जानकारी दिएको छ ।रसुवाको भोटेकोशीमा आएको बाढीपछि रसुवा(केरुङ नाका भदौ १० गतेपछि पूर्ण रूपमा बन्द हुनुका साथै सिन्धुपाल्चोकको तातो पानी नाका लामो समयदेखि बन्द छ । ठूलो परिमाणमा चीनियाँ मालवस्तु नेपाल भित्रिने गरेकामा यी दुवै नाका बन्द हुँदा कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात हुन थालेको हो । रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछिको करिब दुई महिनाको अवधिमा चीनतर्फबाट फलफूल आयातको परिमाण बढ्दै जान थालेको क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरले जानकारी दिइन् । दसैँ–तिहार र छठपर्वलाई लक्षित गरी कोरला नाकाबाट चिनियाँ फलफूल नेपालतर्फ आयात भइरहेको उनको भनाइ छ । घर्तीमगरका अनुसार चीनबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर, किसमिसलगायत फलफूल कोरलानाका हुँदै नेपाल भित्रिएको छ । अन्य फलफूलजन्य खाद्य पदार्थमा फर्सीको बीउ, लसुन र फापर नेपाल भित्रिएको उनले जानकारी दिइन् । करिब दुई महिनाको अवधिमा चाडपर्व लक्षित सबैभन्दा बढी बोक्रा भएको ओखर र स्याउ नेपाल भित्रिएको उनको भनाइ छ । यसअघि रसुवागढी नाकाबाट मार्ग परिवर्तन भई कोरला नाकाबाट भित्रिएका फलफूलजन्य पदार्थ ढुवानी गर्न गत असोज ११ गतेको बाढीपहिरो र नदी कटानले दुई साता बढी बेनी–जोमसोम सडक अवरुद्ध हुँदा समस्या परेको थियो । नाकाबाट भित्रिएका फलफूलको क्वारेन्टाइन परीक्षण तथा भन्सार जाँचपास भइसक्दासमेत गन्तव्यमा पुग्न सकेको थिएनन् । व्यवसायीद्वारा आयात गरिएको एक कन्टेनर ड्रागन फ्रुट बिग्रन थालेपछि मुस्ताङका स्थानीयलाई नि:शुल्क वितरण गरिएको थियो । The post कोरला नाका हुँदै तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरले गुमायो पहिलो विकेट
Latest NewsJust now

जनकपुरले गुमायो पहिलो विकेट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले पहिलो विकेट गुमाएको छ । विराटनगरले दिएको १७४ रनको लक्ष्य पछ्याएको जनकपुरले २.५ ओभरमा १५ रन बनाउँदा पहिलो विकेट गुमाएको... ...

रातोपाटी
नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगे
Latest NewsJust now

नेपालका लागि भारतका नवनियुक्ति राजदूत सुधाकर दलेला काठमाडौँ आइपुगे

• भारतका नवनियुक्त राजदूत सुधाकर दले काठमाडौं आइपुगेका छन्। • उनी एअर इन्डियाको विमानमार्फत मंगलबार दिउँसो अवतरण गरेका हुन्। ...

नेपालबहस
सम्पूर्ण वामपन्थी एकजुट नभए देश र कम्युनिस्ट आन्दोलन रहँदैन : उमा भुजेल
Latest NewsJust now

सम्पूर्ण वामपन्थी एकजुट नभए देश र कम्युनिस्ट आन्दोलन रहँदैन : उमा भुजेल

माओवादी जनयुद्धकालका चर्चित ‘जेल ब्रेकर’ उमा भुजेल नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रम गरी भुजेललाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play