Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले टर्कीए प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप-३१ मा सहभागी हुन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्कीए प्रस्थान गरेका छन् । सोमबार टर्किस एयरलाइन्सको उडानबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीएको कोप शिखर सम्मेलन हुने सहर अान्ताल्याका लागि प्रस्थान गरे । शिखर सम्मेलनमा उहाँले जलवायु परिवर्तन र दिगो आर्थिक विकाससँग सम्बन्धित नेपालको मुद्दालाई विभिन्न उच्चस्तरीय आधा दर्जन सत्रहरूमा नेपालको तर्फबाट पैरवी र प्रतिनिधित्व गर्नुहुने कार्यतालिका रहेको छ। टर्कीएको आन्ताल्यामा आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल सम्मेलनस्थल पुगिसक्नु भएको छ। अर्थमन्त्री डा.वाग्ले कात्तिक २९ गते आइतबार नेपाल फर्कनेछन् । The post कोप-३१ मा सहभागी हुन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले टर्कीए प्रस्थान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सयपत्रीमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर
Latest NewsJust now

सयपत्रीमा आत्मनिर्भरता बढाउँदै पोखरा महानगर

पोखरा। तिहार नजिकिँदै गर्दा पोखराका बजारमा सयपत्री फूलको चहलपहल बढेको छ । सयपत्रीले बजार सजिन थालेका छन् भने कृषकहरू फूल टिप्ने, माला उन्ने र बिक्री वितरणको तयारीमा व्यस्त छन् । दिदीबहिनी र दाजुभाइबीचको स्नेह साटासाट गर्ने भाइटीकामा सयपत्रीको विशेष महत्व रहन्छ । यही अवसरलाई लक्षित गर्दै पोखराका कृषकहरू फूलखेती र बजारीकरणमा जुटेका हुन् । जसलाई पोखरा महानगरले सघाइरहेको छ । ...

नेपालन्युज
जलवायु वित्तको पहुँच र लगानी बढाउनु पर्छ : परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु वित्तको पहुँच र लगानी बढाउनु पर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ, कात्तिक २३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले पर्वतीय क्षेत्रको उत्थानशीलता अभिवृद्धिका लागि अनुकूलन वित्त (एडप्टेसन फाइनान्स) को परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जो... ...

गोरखापत्र
३१ औं कोप सम्मेलनकै दिन नेपालमा ‘महादेव हिमालयन रक्षा अभियान’को घोषणा
Latest NewsJust now

३१ औं कोप सम्मेलनकै दिन नेपालमा ‘महादेव हिमालयन रक्षा अभियान’को घोषणा

• नेपालमा ‘महादेव हिमालयन रक्षा अभियान’को घोषणा भएको छ, जसले जलवायु परिवर्तन र हिमालय क्षेत्रको संरक्षणमा ध्यान केन्द्रित गर्नेछ। • अभियानले टर्कीमा भइरहेको कोप–३१ सम्मेलनमा भोटेकाशी क्षेत्रमा भएको क्षतिपूर्ति र हिमाली राष्ट्रहरूको मुद्दा उठाउने योजना बनाएको छ। • डेटा सेन्टरको स्थापना गर्दा स्थानीय सहमति र वातावरणीय अध्ययनको आवश्यकता रहेको महताले चेतावनी दिएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play