Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आन्ताल्यामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आन्ताल्यामा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कीएको आन्ताल्यामा पुगेका छन् । आगामी नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत सहभागिता जनाउनेछन् । सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउनेछन् । यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल आगामी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको  घटनाबारे छानविन हुँदै
Latest NewsJust now

फ्रान्समा प्रहरी अधिकारीको घर जलाइएको घटनाबारे छानविन हुँदै

अग्निनियन्त्रकहरूले आगो निभाउने प्रयास गरे पनि घर पूर्ण रूपमा ध्वस्त भएको गृहमन्त्री नुनेजले बताए । घटनामा संलग्न दोषीहरूको पहिचान गरी तिनीहरूलाई कानुनी दायरामा ल्याइने उनले बताए ...

कान्तिपुर
सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते
Latest NewsJust now

सुतिरहेका बेला एक्कासि हँसिया प्रहार, एकको मृत्यु, ४ घाइते

काठमाडौँ । अनुसन्धानमा संलग्न ‘ली’ लाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ । महाराजगन्जस्थित नेपाल प्रहरी केनाइन कार्यालयले ‘ली’ लाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । प्रहरी हेड्क्वार्टरका डीआईजी... ...

रातोपाटी
मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा
Latest NewsJust now

मधेसमा केपी ओलीको ‘इन्टेस्ट’मा नयाँ सरकारको हल्ला चलाइएको छ: जवाहर कुशवाहा

मधेस सरकारबाट नेकपा एमाले र नेकपाका मन्त्रीले राजीनामा दिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादव दबाबमा परेका छन्। यादव नेतृत्वको सरकारबाट एमाले मन्त्रीले गएको ३० असोजमै राजीनामा दिएका थिए। नेकपाका मन्त्रीहरूले भने गएको शुक्रबार (२० कात्तिकमा)राजीनामा दिएका हुन्। सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको... ...

नेपालखबर
दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी
Latest NewsJust now

दरबारमार्गस्थित एक लाउन्ज बारमा आगलागी

• काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान आगलागी भएको छ। • घटनास्थलमा दुई वटा दम्कल पुगेर आगो निभाउन प्रयास गरिरहेका छन्। • बारमा कोही पनि नभएकाले बारका मालिकलाई बोलाउने प्रयास भइरहेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play