Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

कोप–३१ मा नेपालको हिमाली मुद्दा उठाएर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोप–३१ मा नेपालको हिमाली मुद्दा उठाएर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन् । टर्कीको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सहभागी भएका थिए । सम्मेलनमा मन्त्री खनालले जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असर, हिमनदीको जोखिम, जलवायु न्याय, अनुकूलन तथा क्षति–नोक्सानीका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोगको आवश्यकता उठाएका थिए । उनले पर्वत तथा जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना बनाउन र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कायम गर्न जोड दिएका थिए । उनले हिमाली क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली, भूउपग्रहमा आधारित अनुगमन, हिमनदीको निगरानी तथा जलवायुजन्य विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको विषय पनि उठाएका थिए । नेपालले भुटान, किर्गिस्तान र अन्य अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर हिमाली क्षेत्रको उत्थानशीलताका लागि जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रमसमेत आयोजना गरेको थियो । सम्मेलनका क्रममा मन्त्री खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससहित इथियोपिया र फिनल्यान्डका मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । उनले अन्ताल्यामा रहेका नेपाली समुदायका प्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका थिए । मन्त्री खनालले कोप–३१ मा नेपालको जलवायु प्राथमिकता र हिमाली मुलुकले भोगिरहेका चुनौतीलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरेका छन् । सम्मेलनको अन्तिम साताका बैठक तथा वार्तामा भने कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । The post कोप–३१ मा नेपालको हिमाली मुद्दा उठाएर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै
Latest NewsJust now

कोप–३१ मा सहभागी हुन पाँच सांसद टर्की जाँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालका पाँच जना सांसद टर्की जाने भएका छन् । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच जना सांसद सम्मेलनमा सहभागी हुन लागेका हुन् । टर्कीको अन्ताल्यामा कात्तिक २३ देखि सुरु भएको सम्मेलन मंसिर ४ गतेसम्म […] ...

लोकपथ
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत ...

केन्द्रबिन्दु
संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
Latest NewsJust now

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो । पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि […] ...

मकालु खबर
भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित
Latest NewsJust now

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play