काठमाडौं।जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्न कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरी टर्कीको अन्तालिया पुगेकी छन्। नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने कार्यक्रम छ। सम्मेलनको उच्चस्तरीय सत्रमा उनले नेपालको तर्फबाट सम्बोधन गर्नेछिन्। सम्बोधनका क्रममा जलवायु परिवर्तनले नेपालको हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा पारेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने कार्यक्रम छ। त्यसैगरी, जलवायु न्याय, वित्त, हानि तथा नोक्सानी बापतको क्षतिपूर्ति र जलवायुमैत्री कृषिका विषयमा नेपालको धारणा प्रस्तुत गर्नेछिन्।
कोप–३१ मा नेपालको नेतृत्व गर्न कृषिमन्त्री चौधरी अन्तालियामा

Read Complete Original Article
Published originally on नेपालन्युज






