कोप–३१ को तयारीका लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गर्दैछौँः मन्त्री चौधरी

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१)को तयारीको लागि जलवायु परिवर्तनसम्बन्धी सम्मेलन गर्न लागिएको बताएकी छिन् । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले कोप–३१ का लागि बिहीवार सम्मेलन गर्न लागिएको जानकारी दिएकी हुन् । सम्मेलनमा संसदीय समितिका सभापति, सांसद, विज्ञ तथा सम्बधित सरोकारावालहरुको सहभागिता रहनेछ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा प्राप्त सुझाव तथा सामाग्रीलाई कोपमा प्रश्तुत गर्ने उनको भनाइ छ । कोपको तयारीको लागि मन्त्रालयले विकास साझेदार र सरोकारवालासँग समन्वय र सहकार्यका लागि बैठक गर्ने तयारी गरेको पनि उनले जानकारी दिइन् । उनले कोपमा प्रश्तुत गरिने सामग्री, पभिलियन तथा जलवायु परिवर्तनका प्रभावसम्बन्धी दृश्य सामग्रीको तयारीमा समेत विशेष ध्यान दिने बताइन् । उनकाअनुसार कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार भइसकेको छ । मन्त्री चौधरीले कोपमा सहभागी भएर फर्किएपछि उपलब्धिको समीक्षा र कार्यान्वयनलाई समेत प्राथमिकता दिने बताइ्न् । विगतका कोप सम्मेलनमा सहभागिताबाट प्राप्त उपलब्धि कति कार्यान्वयन भए भन्ने विषयमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले आगामी सम्मेलनपछि पनि निरन्तर अनुगमन र कार्यान्वयनमा काम गरिने जानकारी दिइन् । उनले प्रधानमन्त्री र सभामुखले जलवायु परिवर्तनका सन्र्दभमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका धारणालाई सरकारले आफ्नो नीतिगत मार्गदर्शनका रूपमा लिएको बताइन् । ती धारणालाई जलवायु वार्तामा प्रभावकारी रूपमा प्रस्तुत गर्न विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको उनको भनाइ छ । मन्त्री चौधरीले जलवायु परिवर्तनका मुद्दामा लामो समयदेखि काम गर्दै आएका विज्ञ तथा सरोकारवालालाई मन्त्रालयसँग प्रत्यक्ष छलफल गरी सुझाव दिन आग्रह पनि गरिन् । नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन राष्ट्रिय प्रतिवद्धता, अन्तर्राष्ट्रिय वार्ता र सम्मेलनपछिको कार्यान्वयनलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।बैठकमा उनले जलवायु अनुकूलन कोषबाट ४५ मिलियन रकम विनियोजन भएको जानकारी पनि दिइन् । उक्त रकमको प्रभावकारी उपयोग तथा जलवायु कार्यक्रमका लागि उपलब्ध स्रोत परिचालनलाई थप व्यवस्थित बनाउने दिशामा मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ । उनले कोपमा नेपालको सहभागितालाई समावेशी बनाउने पनि जानकारी दिइन् । राष्ट्रिय दलबाट एक–एक जना प्रतिनिधि सहभागी गराउने प्रश्तावबारे छलफल भएको र त्यसको औपचारिक निर्णय सभामुखबाट हुने उनले बताइन् । कोपमा सहभागी हुने सांसदहरूको विषयगत जिम्मेवारी र सहभागिताबारे सभामुखसँग छलफल भइरहेको उनको भनाइ छ । कोपमा नेपालको प्रतिनिधित्व गर्ने सांसदहरूलाई विषयगत छलफल, द्विपक्षीय बैठक र अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने मुद्दाबारे पूर्वतयारी गराइने पनि उनले जानकारी दिइन् ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

दुर्घटना न्यूनीकरणमा सक्रिय हुन निर्देशन
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका... ...

इजरायलले अरब समूहका सदस्यमाथि दबाब बढायो, नेतन्याहु सरकार गठन गर्ने उपाय खोज्दै
काठमाडौँ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको समूहले बिहीबार इजरायली अरब नेताहरूमाथि विदेशी कोषको लेनदेनको अप्रमाणित आरोप लगाएको छ । यो कदम अनिर्णायक निर्वाचनपछि सरकार गठनको कुञ्जी हुन सक्ने दलहरूलाई कमजोर पार्ने प्रयास... ...

प्रहरीको ‘स्वीप अपरेसन’ : ९७ जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति, सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा ९७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विभिन्न... ...

१५ वर्षपछि सञ्चालनमा आउँदै धनुषा-सिरहा जोड्ने कमला पुल
काठमाडौँ । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल आगामी मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार राति सामाजिक... ...


