कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर । बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार भक्तपुरस्थित ऐतिहासिक तथा प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुभएको छ। प्रथम महिला सविता पौडेलसहित मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको दर्शन गर्नुका साथै ऐतिहासिक तलेजु मन्दिरबाट ल्याइएको प्रसाद र टीका ग्रहण गर्नुभएको हो। बडादशैँको समापनका दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर पूजाअर्चना तथा दर्शन गर्ने ऐतिहासिक एवं सांस्कृतिक परम्परा रहिआएको छ। सोही परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति पौडेल आइतबार अपराह्न भक्तपुर पुग्नुभएको हो। मन्दिर परिसरमा पुग्दा उहाँलाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणले स्वागत गरेका थिए। पूजाअर्चनाका क्रममा मन्दिर परिसरमा परम्परागत नवदुर्गा नाच तथा सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो। राष्ट्रपति पौडेलले ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीलगायत नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकन तथा दर्शन गर्नुभएको थियो। सो अवसरमा उहाँले नवदुर्गाका पुजारी, मूल नाइके तथा देवगणहरूलाई परम्पराअनुसार दक्षिणा प्रदान गर्नुभएको थियो। त्यसैगरी, मन्दिरका मूल नाइकेले राष्ट्रपति पौडेललाई ऐतिहासिक तलेजु भवानी मन्दिरबाट ल्याइएको जमरा, रातो टीका तथा विशेष प्रसाद प्रदान गर्नुभएको थियो।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मोटरबोट दुर्घटना अपडेट : ४ जना बेपत्ता, ९ जना सकुशल
काठमाडौँ । आइतबार सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा भएको... ...

‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन् । भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उहाँले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए । उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए । ...

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते
घटनाका बेला फ्लोरिडा A&M विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्। ...

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब
काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ । विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइसिटी ल्याब० निर्माण भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२र०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा ...


