Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने

कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । देश बाढीपहिरोका कारण शोकमा रहेकाले कार्यक्रम स्थगित गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशीमा आएको बाढीले १ हजार ४०० भन्दा बढीको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत जनधनको क्षति पुर्‍याएकोले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान स्थगित गरिएको हो । बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा शुभकामना आदानप्रदान र आपसी सौहार्दता अभिवृद्धि गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए । त्यसयता केही वर्षबाहेक कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो । कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन् । The post कोजाग्रत पूर्णिमामा कांग्रेसको चियापान कार्यक्रम नहुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]
ताजा खबरJust now

आरुघाटमा द्रुत गतिमा बेलिब्रिज निर्माण [तस्बिरहरू]

बूढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल क्षतिग्रस्त बनाएपछि त्यहाँ बेलिब्रिज निर्माणको काम तीव्र ...

हाम्राकुरा
ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड
ताजा खबरJust now

ट्रम्पको नीतिविरुद्ध ‘नो किंग्स’ प्रदर्शनबाट मतदानमा जोड

काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो किंग्स’ प्रदर्शनमा आयोजकहरूले आगामी मध्यावधि निर्वाचनमा मतदान गर्न नागरिकलाई प्रेरित गरेका छन् । नोभेम्बर ३ मा हुने निर्वाचनअघि मतदाता दर्ता... ...

रातोपाटी
५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)
ताजा खबरJust now

५ लाखले छोडे काठमाण्डु (फाेटाेफिचर)

काठमाण्डु– बडादसैँ मनाउन काठमाण्डु उपत्यका छाड्ने यात्रुको सङ्ख्या ५ लाख नजिक पुगेको छ । घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत ४ लाख ९६ हजार ३२३ यात्रुले उपत्यका छाडेका छन् । काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम जारी छ । हिजोअस्तिको तुलनामा आज बाहिरिने यात्रीको सङ्ख्या घटेको […] ...

काठमाण्डुपाटी
उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए
ताजा खबरJust now

उपत्यकाबाट पाँच लाख यात्री दसैं मनाउन घर फर्किए

काठमाडौँ, कात्तिक १ गते । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ । घटस्थापनादेखि कात्तिक १ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play