काडमाडौं । पूर्वसचिव शम्भु कोइराला यसपटकको कार्यक्रममा ५३औं मानव पुस्तकका रूपमा प्रस्तुत हुनुभयो । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारा धोवीखोलाद्वारा आयोजित हुने कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई मानव पुस्तकका रूपमा आमन्त्रण गरी उहाँका ज्ञानगुन र अनुभव सुन्ने गरिएको छ । विष्णुप्रसाद पन्तको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा हरिभक्त सिग्देल महेशले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि तथा यसपटकका मानव पुस्तक शम्भु कोइरालाले आफ्नो समग्र जीवनी झल्किने विचार व्यक्त गर्नुका साथै उहाँले आफू शाखा अधिकृतदेखि सचिव तथा केही जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर रहँदाका अनेकौं अप्ठ्यारा परिस्थिति र आफूले सामना गर्नुपरेका चुनौतीपूर्ण कार्य तथा आफूद्वारा पहल भए/गरेका विकास निर्माणका काम बताउनुभएको थियो । कार्यक्रमको दोस्रो सत्रमा विभिन्न साहित्यकारका रचना वाचक भएको थियो । उक्त कार्यक्रममा दिलिप श्रेष्ठ, विनोद दाहशाल वत्स, महेश रिजाल, जित कार्की, शशिश्री आचार्य, टंकबहादुर केसी, गंगा खड्का, भुवन शिवाकोटी, प्रेमस्वरूप, निर्मला दाहाल भट्टराई, प्रार्थना खनाल, पदम दाहाल, मधुसुदन पाण्डेय, हरिहर घिमिरे प्रदीप, सुरेशचन्द्र घिमिरे, बलराम दाहाल, भैरवी भूगोल, भानुभक्त नेपाल, सुन्दर खड्का, दाहाल कल्पना तथा सुशीला शर्मा धमलाले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । सुशीला धमलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा दुर्गा अधिकारी भमरकोटे तथा थरेन्द्र बरालले देउसी प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पुरुषोत्तम दाहालले शुभकामना मन्तव्य राख्दै आफू विचार आन्दोलनमा लागेको मान्छे हूँ तर म कुनै व्यक्ति पक्षधर होइन भन्ने अभिव्यक्ति दिनुभएको थियो । यसैगरी उहाँले ब्रह्मतत्व र चेतनाका बारेमा बताउनु भएको थियो । कार्यक्रममा प्राडा.अर्जुनदेव भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो भने उक्त संस्थाका अध्यक्ष कलानिधि दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो । महिनाको एकपटक दोस्रो शनिबार आयोजना हुँदै आएको उक्त कार्यक्रम यसपटक प्रतिकूल मौसमले गर्दा यसपटक तेस्रो शनिबार आयोजना भएको थियो । उक्त कार्यक्रमको समापन अन्त्यमा सभापति विष्णुप्रसाद पन्तले गर्नुभएको थियो ।
कोइराला ५३औं मानवपुस्तक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स



_lyGXrW714C.jpg)


