कैलालीमा बोक्सीको आरोपमा कुटपिट गर्ने चार जना पक्राउ

कैलाली । कैलालीको भजनी नगरपालिका–५, मिलनपुरमा बोक्सीको आरोप लगाएर एक महिला र उनकी नातिनीमाथि कुटपिट गरेको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कात्तिक १० गते राति ९ बजे आफ्नै घरमा बसिरहेकी ५६ वर्षीया हसना देवी डगौरा र उनकी नातिनीमाथि कुटपिट भएको थियो। कुटपिटमा संलग्न रहेको आरोपमा स्थानीय ५६ वर्षीय कृष्ण डगौरा, २९ वर्षीय राजु डगौरा, २२ वर्षीय राजन डगौरा र भजनी नगरपालिका–७ की ३५ वर्षीया उर्मिला डगौरालाई पक्राउ गरिएको हो । कुटपिटबाट पीडित महिला र उनकी नातिनीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । पीडितले कात्तिक ११ गते दिउँसो इलाका प्रहरी कार्यालय भजनीमा जाहेरी दिएपछि चारै जनालाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। The post कैलालीमा बोक्सीको आरोपमा कुटपिट गर्ने चार जना पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १ई समाचार’मा प्रस्तुत गरेका छौँ– कालोपत्रे सडक विस्थापित गर्ने सरकारी नीति सरकारले सडक कालोपत्रे गर्न बिटुमिनको प्रयोग... ...

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ
काठमाडौँ, कात्तिक ११ गते । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको एक किलो ३३८ ग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ प... ...

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो
काठमाडौँ, कात्तिक ११ गते । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।विसं २०७९ वैशाख १६ गते... ...

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
दमौली (तनहुँ), कात्तिक ११ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा मोटरसाइकलको ठक्करबाट आज राति पैदलयात्री वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानी... ...


