Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ -अध्यक्ष याङ्ग वानमिङ्ग

Share:WhatsAppFacebookX (Twitter)Telegram
केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छ -अध्यक्ष याङ्ग वानमिङ्ग
Photo / Coverage: केन्द्रबिन्दु

भक्तपुर । छिमेकी मित्रराष्ट्र चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको बताएका छन् ।भक्तपुरमा नगरपालिकामा नगर प्रमुख सुनिल प्रजापतिसँग आज भएको मैत्रीपूर्ण भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको र विपद्को सवालमा पनि थप सहयोग गर्ने अध्यक्ष वानमिङ्गले बताएका हुन् ।तीनदिने नेपाल भ्रमणका क्रममा आज भक्तपुर आएको सङ्घका अध्यक्ष वानमिङ्गसहितको प्रतिनिधिमण्डलले नगरप्रमुख प्रजापतिसँग छलफलमा कठिन परिस्थितिमा पनि दुवै देश एकअर्काको साथमा उभिँदै आएको भन्दै भूकम्प, कोरोना महामारी तथा भोटेकोशी बाढीजस्ता विपद्का समयमा दुवै देशले एकअर्कालाई सहयोग गरेको बताए ।उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गर्दै उनले त्यसयता दुवै देशका नेतृत्वबीच आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा व्यापक छलफल र सहकार्य हुँदै आएको बताए ।भेटमा नगरप्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै घनिष्ठ र मित्रवत् रहँदै आएको उल्लेख गर्दै सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह तथा तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिहरूले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक मित्रतालाई प्रस्ट पारेको बताए ।सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएपछि चीनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै सडक पूर्वाधार निर्माण, विभिन्न उद्योगधन्दाको स्थापना तथा ट्रलीबस सञ्चालनलगायत क्षेत्रमा चीनले गरेको सहयोग नेपालको विकास यात्रामा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । चिनियाँ टोलीले भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा सम्पदास्थलहरू दरबार क्षेत्र, टौमढी र तालाक्वको अवलोकन भ्रमण गरेको थियो । भ्रमण टोलीमा चिनियाँ दूतावासको तर्फबाट मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका उपमहासचिव ची योङ्गच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ्ग र उपनिर्देशक आइ लिन, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्षका सचिव चङ्ग छन, कर्मचारी होउ मङ्गवेइ, कोङ स्यु, चउ थाओलगायतको सहभागिता रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।  सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसँग आग्रह गरेका हुन्।  भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउ... ...

नेपालखबर
तातोपानी नाका तत्काल खुलाउन  परराष्ट्रमन्त्री खनालको  जोड
Latest NewsJust now

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ, मङ्सिर ३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिनुभएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग च... ...

गोरखापत्र
भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेले सम्हाले पदभार
Latest NewsJust now

भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेले सम्हाले पदभार

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । उहाँले बिहीबार नै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावास पुगेर औपचारिक रूपमा पदभारसमेत ग्रहण गर्नुभएको छ । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको हो । समारोहमा राजदूत पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play