Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

कृषि तथा पशुपन्छी व्यवसायी सङ्घद्वारा दानाको वैज्ञानिक मूल्य तोक्न सरकारसँग माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
कृषि तथा पशुपन्छी व्यवसायी सङ्घद्वारा दानाको वैज्ञानिक मूल्य तोक्न सरकारसँग माग
Photo / Coverage: टक्सार

काठमाडौँ । पशु आहार (दाना) को अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न, गुणस्तर सुनिश्चितता कायम गर्न र वैज्ञानिक विधिबाट मूल्य निर्धारण गर्न नेपाल कृषि तथा पशुपन्छी व्यवसायी सङ्घले सरकारसँग माग गरेको छ । सङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कच्चापदार्थको मूल्यवृद्धिको बहानामा दानाको भाउ निरन्तर बढाइँदा विशेषगरी गाईभैँसीपालन तथा दुग्ध उत्पादनमा संलग्न किसानहरू प्रत्यक्ष मारमा परेको जनाएको छ । दानाको लागत अत्यधिक बढ्दै जाने तर किसानले पाउने दुधको मूल्य सोही अनुपातमा समायोजन नहुँदा समग्र पशुपालन व्यवसाय नै जोखिममा परेको सङ्घको ठहर छ । नेपालको पशुपालन क्षेत्र दानाको कच्चापदार्थमा अत्यधिक परनिर्भर रहेको तथा मकै र भटमासको करिब ८० प्रतिशत तथा फिड सप्लिमेन्ट शतप्रतिशत विदेशबाट आयात हुने गरेको सङ्घको भनाई छ । भन्सार विभागको आर्थिक वर्ष २०८२/८३ को तथ्याङ्कअनुसार पशुपन्छी आहारा तथा सम्बन्धित वस्तुको आयातमा मात्र करिब २८ अर्ब ८३ करोड रुपैयाँ बाहिरिएको छ । पछिल्लो समय भारतीय मकै प्रतिकिलो ३९ बाट ५४ रुपैयाँ र स्वदेशी मकै ३६ बाट ५० रुपैयाँभन्दा माथि पुगेको तथा भटमासको पिनासमेत महँगिएकाले दाना उत्पादन लागत करिब १५ प्रतिशतले बढेको उद्योगीहरूको भनाइ छ । सोही कारण देखाउँदै ब्रोइलर र लेयर्स दानामा मूल्यवृद्धि गरिए पनि गाईभैँसीको दानामा भएको मूल्यवृद्धिबारे भने स्पष्ट आधिकारिक विवरण सार्वजनिक नगरिएको भन्दै सङ्घले आपत्ति जनाएको छ । यसैगरी, देशभर सञ्चालनमा रहेका दाना उद्योगहरूको यकिन तथ्याङ्कमा समेत एकरूपता देखिएको छैन । राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाको अभिलेखमा ७५ वटा उद्योग सूचीकृत छन् भने किसान पोर्टलमा ११८ र नेपाल फिड इन्डस्ट्रिज एसोसिएसनको विवरणमा ११५ वटा उद्योग उल्लेख छ । सरकारी र निजी क्षेत्रका अभिलेख फरक–फरक भएकाले वास्तविक रूपमा सञ्चालनमा रहेका उद्योगको सङ्ख्या, तिनको दैनिक उत्पादन क्षमता र बजार हिस्सा पारदर्शी रूपमा सार्वजनिक गर्न सङ्घको माग छ । समस्या समाधानका लागि संघले कच्चापदार्थको खरिद मूल्य, ढुवानी, उत्पादन लागत र उद्योगको उचित मुनाफा गणना गरी पारदर्शी तथा वैज्ञानिक विधिबाट दानाको मूल्य निर्धारण गर्नुपर्नेमा जोड दिएको छ । साथै, विगत एक वर्षमा गाईभैँसी, कुखुरा र बंगुरका दानामा भएको मूल्यवृद्धि तथा विदेशबाट आयात हुने कच्चापदार्थको परिमाण र मूल्यको आधिकारिक विवरण सार्वजनिक गर्न सङघले माग गरेको छ । दानामा प्रयोग हुने मकै, भटमासको पिना र ढुटोमा ढुसी, अफ्लाटक्सिन तथा हानिकारक एन्टिबायोटिकको प्रयोग भए–नभएको नियमित प्रयोगशाला परीक्षण गरी गुणस्तरहीन दानाको बिक्रीमा कडा नियमन र अनुगमन गर्नुपर्ने सङ्घको भनाई छ । कच्चापदार्थ महँगिएर स्वदेशी दाना उद्योग सञ्चालन गर्न कठिन भएमा राज्यले उद्योगलाई कर छुट, अनुदान वा सहुलियतपूर्ण ऋण दिनुपर्ने तर उद्योगको सम्पूर्ण लागतवृद्धिको भार किसानमाथि थोपर्ने काम तत्काल बन्द हुनुपर्ने सङ्घले स्पष्ट पारेको छ । यस विषयमा दीर्घकालीन समाधान निकाल्न सरकार, दुग्ध विकास संस्थान, निजी डेरी उद्योग, दाना उद्योग, सहकारी र किसान प्रतिनिधि सम्मिलित उच्चस्तरीय बैठक तत्काल बोलाउन सङ्घको आग्रह छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन सक्दैन : सांसद सिंह
Latest NewsJust now

स्वतन्त्र पत्रकारिताबिना लोकतन्त्र बलियो हुन सक्दैन : सांसद सिंह

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले आफू सधैँ स्वतन्त्र पत्रकारिताको पक्षमा रहेको बताएका छन् । मेची–महाकाली पदयात्राका क्रममा बिहीवार जनकपुर पुगेका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो धारणा राखेका... ...

रातोपाटी
स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ, संसद् छल्ने प्रवृत्ति लोकतान्त्रिक होइन : ओली
Latest NewsJust now

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्छ, संसद् छल्ने प्रवृत्ति लोकतान्त्रिक होइन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताबाट पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिहरूले आफ्नो पूरै कार्यकाल काम गर्न पाउनुपर्नेमा जोड दिँदै स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि जेठको सुरुमै सकिने भएकाले वैशाखको... ...

रातोपाटी
नारायणगढ–भरतपुरको मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन बत्ती जडान
Latest NewsJust now

नारायणगढ–भरतपुरको मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज बनाउन बत्ती जडान

चितवन । चितवनको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरका विभिन्न चोकमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक बत्ती बिहीबारदेखि सञ्चालनमा आएका हुन् । पुलचोक–गोन्द्राङ छ लेन सडक र बाइपास रोडका विभिन्न ६ स्थानमा ट्राफिक बत्ती जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा महानगरपालिकाका कार्यवाहक […] ...

लोकपथ
वैदेशिक रोजगारीमा ठगी गर्ने चार पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारीमा ठगी गर्ने चार पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–३ का... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement