कुलेखानी बाँधको जोखिमले भीमफेदी–कुलेखानी सडकमा १२ घण्टा यातायात बन्द

हेटौँडा । कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा १२ घण्टाका लागि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार साँझ ५ बजेदेखि आइतबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। सवारीसाधनलाई हेटौँडा–१ स्थित चौकीटोलमै रोकिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जोखिमपूर्ण अवस्थालाई मध्यनजर गर्दै तोकिएको समयमा उक्त सडकखण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। प्रशासनका अनुसार लगातारको वर्षाले कुलेखानी जलाशयमा पानीको सतह बढेको छ। आवश्यक परे बाँधका मुख्य ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले सडकमा सवारी आवागमन रोकिएको हो। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले कात्तिक १२ गतेदेखि मकवानपुरसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण शनिबार साँझसम्म जलाशयको पानीको सतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ। जलाशयको अधिकतम क्षमता १ हजार ५३० मिटर रहेको छ। जलाधार क्षेत्रमा थप भारी वर्षा भए बाँधका ढोका खोल्नुपर्ने हुन सक्ने प्रशासनको भनाइ छ। त्यसो भए सिस्नेरी खोला र बागमती नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव एक्कासि बढ्न सक्ने जोखिम छ। प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन, नदीकिनारमा नजान र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सीर्सिया नदीमा फोहर विसर्जन गर्न प्रतिबन्ध लगाइने
पर्सा । सर्वदलीय/सर्वपक्षीय बैठकले आसन्न छठपर्वका अवसरमा बर्तालुको सुविधाका लागि पूजा अवधिभर विभिन्न उद्योगबाट गरिने विभिन्न चिज वस्तु/पदार्थ एवं फोहर विसर्जनलाई पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी... ...

भारतका विपक्षी दलद्वारा निर्वाचन आयुक्तमाथि ‘प्रतीकात्मक महाभियोग’को अभ्यास
काठमाडौँ । भारतका राजनीतिक विपक्षी दलहरूले शनिबार निर्वाचन आयुक्तको ‘प्रतीकात्मक महाभियोग’ को अभ्यास गरेका छन् । उनीहरूले मतदाता सूची संशोधनमा भएको भनिएको अनियमितताको विरोधमा यो कदम चालेका हुन् । संशोधनले सत्तारूढ... ...

पदमपोखरीमा व्यावसायिक मेवाखेतीबाट किसानको आम्दानी बढ्दै
बागमती । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरीका किसान व्यावसायिक मेवाखेतीमा आकर्षित भएका छन् । मेवाखेतीबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका १०० भन्दा बढी किसान यस व्यवसायमा आबद्ध भएका छन् । आधामार कृषक समूहका... ...

कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्छ: मुख्यमन्त्री
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णालीको रैथाने उत्पादन र माटो दुवै जोगाउनुपर्ने बताएका छन् । लेकबेसी नगरपालिका सुर्खेतमा अवस्थित कृषि अनुसन्धान केन्द्र दशरथपुरको आजको निरीक्षण भ्रमणपछि त्यहाँका... ...


