Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित
Photo / Coverage: टक्सार

काठमाडौँ । तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारद्वारा प्रकाशित उक्त ग्रन्थ शनिबार मध्यपुर थिमि क्वालखुस्थित श्रीबालकुमारी मन्दिरमा अर्पण गरिएको हो । १७ अध्याय र २०५८ श्लोक समेटिएको ग्रन्थको अनुवाद प्रचलित नेपाल लिपिमा संरक्षित मूल संस्कृत पाठका आधारमा गरिएको हो । नेपाल लिपिमा उपलब्ध संस्कृत भाषाको तान्त्रिक वाङ्मयलाई नेपाली भाषामा प्रस्तुत गर्ने यस कार्यले प्राचीन ज्ञानपरम्पराको अध्ययन, अनुसन्धान र प्राज्ञिक विमर्शलाई सहज बनाउने अपेक्षा गरिएको छ । तान्त्रिक आगम परम्पराको महत्त्वपूर्ण ग्रन्थ मानिने ‘कुलार्णवतन्त्र’मा तन्त्रदर्शन, साधना तथा परम्परागत ज्ञानसम्बन्धी विषय समेटिएका छन् । यसको नेपाली अनुवादले संस्कृत तथा नेपाल लिपिमा सीमित रहेको तान्त्रिक साहित्यलाई नेपाली भाषाका पाठक, अध्येता र अनुसन्धानकर्ताको पहुँचमा पुर्‍याउन सहयोग गर्ने विश्वास गरिएको छ । ग्रन्थ अर्पण कार्यक्रममा तन्त्रविद् महेश्वरजुजु राजोपाध्याय, पूर्वकुमारी चनिरा वज्राचार्य, तन्त्रविद् प्रा. डा. रत्न शम्शेर ज.ब.रा. लगायत विद्वान् तथा धार्मिक–सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘म यो गर्छु, त्यो गर्छु भनेर स्टन्टबाजी गर्ने मुख्यमन्त्री होइन, तथ्यमा हेर्दा विगतभन्दा काम भएका छन्’
Latest NewsJust now

‘म यो गर्छु, त्यो गर्छु भनेर स्टन्टबाजी गर्ने मुख्यमन्त्री होइन, तथ्यमा हेर्दा विगतभन्दा काम भएका छन्’

सुर्खेत । मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्री नियुक्त भएको सयदिन पूरा भएको छ । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री... ...

रातोपाटी
विचौलिया प्रवृत्ति अन्त्य गर्न सांसद ढुंगानाको प्रश्न
Latest NewsJust now

विचौलिया प्रवृत्ति अन्त्य गर्न सांसद ढुंगानाको प्रश्न

अदालतका फैसलाहरूको भाषा र व्याख्या जटिल हुँदा सर्वसाधारणले बुझ्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। ...

हाम्राकुरा
रोहित पौडेल: नेतृत्वको नयाँ मोड
Latest NewsJust now

रोहित पौडेल: नेतृत्वको नयाँ मोड

नवलपरासीबाट काठमाडौं आउँदा रोहितकुमार पौडेलसँग एउटा सपना थियो- नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने। उमेरले उनी भर्खर ११ वर्षका थिए। क्रिकेट खेल्ने अवसर खोज्दै राजधानी आएका ती किशोरलाई त्यतिबेला सायदै थाहा थियो, एक दिन उनी नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् र विश्व क्रिकेटको अभिलेखमा आफ्नो नाम लेखाउनेछन्। तर उनको यात्रा कल्पनामा सीमित रहेन। उमेर समूहको क्रिकेटमा देखिएको प्रतिभा, घरेलु प्रतियोगितामा गरेको प्रदर्शन ...

नेपालन्युज
गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने
Latest NewsJust now

गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने

अमरराज नहर्की तनहुँ, कात्तिक २२ गते । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११ औँ अधिवेशनले न्यौपा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play