Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

कुमारी बैंकको रेटिङ बढ्यो, खराब कर्जा नियन्त्रण मुख्य चुनौती

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुमारी बैंकको रेटिङ बढ्यो, खराब कर्जा नियन्त्रण मुख्य चुनौती
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । कुमारी बैंक लिमिटेडको क्रेडिट रेटिङमा सुधार भएको छ । इक्रा नेपालले बैंकको इश्युअर रेटिङ ‘इक्राएनपी–आईआर बीबी प्लस’बाट बढाएर ‘इक्राएनपी–आईआर बीबीबी माइनस’ कायम गरेको छ । त्यस्तै, बैंकको ६ अर्ब रुपैयाँ बराबरको सबोर्डिनेट डिबेन्चरको रेटिङ पनि ‘एलबीबी प्लस’बाट बढाएर ‘एलबीबीबी माइनस’ कायम गरिएको छ ।

बैंकको पुँजीकरण अवस्थामा सुधार, नाफा वृद्धि र सहज तरलता अवस्थालाई आधार बनाएर रेटिङ बढाइएको इक्रा नेपालले जनाएको छ । पछिल्लो दुई वर्षमा बैंकको पुँजी पर्याप्तता सूचकमा सुधार आएको छ भने आर्थिक वर्ष २०८२-८३ मा नाफासमेत उल्लेख्य बढेको छ ।यद्दपि, बैंकको खराब कर्जा बढ्दै जानु, कर्जा असुलीमा दबाब रहनु र ठूला ऋणीमा कर्जा केन्द्रित हुनु चुनौतीका रूपमा रहेको इक्राको विश्लेषण छ ।

दुई वर्षमा टियर–१ क्यापिटल ७.७० बाट ९.८७ प्रतिशत

कुमारी बैंकको रेटिङ बढ्नुको प्रमुख आधार पुँजीकरण अवस्थामा आएको सुधार हो । बैंकको टियर–१ क्यापिटल अनुपात २०८०-८१ मा ७.७० प्रतिशत रहेकोमा गत वर्षसम्म ९.८७ प्रतिशत पुगेको छ । यसको सीआरएआर पनि बढेको छ । सन् २०२५ जुलाई मध्यमा १२.९८ प्रतिशत रहेको यस्तो अनुपात सन् २०२६ जुलाई मध्यमा १३.५० प्रतिशत पुगेको छ । त्यस्तै, टियर–१ क्यापिटल अनुपात अघिल्लो रेटिङ अवधिको ८.९४ प्रतिशतबाट बढेर ९.८७ प्रतिशत पुगेको छ ।

टियर–१ क्यापिटल भनेको बैंकको सबैभन्दा बलियो र प्राथमिक पुँजी हो । बैंकले कर्जा नोक्सानी वा अन्य वित्तीय जोखिम व्यहोर्नुपर्दा यही पुँजीले पहिलो सुरक्षा प्रदान गर्छ । त्यसैले यसको अनुपात बढ्नु बैंकको वित्तीय जोखिम सहन सक्ने क्षमता बलियो हुँदै गएको संकेत हो । इक्राका अनुसार बैंकको टियर–१ क्यापिटल अनुपात नियामकीय न्यूनतम ८.५ प्रतिशतभन्दा माथि पुगेको छ । सन् २०२५ जुलाईदेखि नै बैंकले यो अनुपात नियामकीय सीमाभन्दा माथि कायम राख्दै आएको छ ।

गत वर्षको नाफा ७ अर्ब ३० करोड, प्रोभिजन फिर्ताले पनि दियो साथ

बैंकको नाफामा भएको सुधार पनि रेटिङ बढाउने अर्को आधार बनेको छ । कुमारी बैंकले गत आर्थिक वर्षमा ७ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको इक्राको प्रतिवेदनमा उल्लेख छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने बैंकले १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षबैंकको सम्पत्तिमा प्रतिफल (आरओए) ०.५० प्रतिशतबाट बढेर १.५८ प्रतिशत पुगेको छ । तर, नाफामा भएको यो सुधारको पछाडि कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको प्रोभिजनमध्ये केही रकम फिर्ता हुनु पनि प्रमुख कारण रहेको इक्राले जनाएको छ ।

बैंकले विगतमा केही ठूला कर्जामा नियामकीय आवश्यकताभन्दा बढी प्रोभिजन छुट्याएको थियो । तीमध्ये केही कर्जा खराब कर्जामा वर्गीकरण नभएपछि छुट्याइएको अतिरिक्त प्रोभिजन फिर्ता गरिएको हो । यसले गत आर्थिक वर्षको नाफा बढाउन सहयोग गरेको छ ।प्रोभिजन भनेको बैंकले कर्जा नउठ्ने सम्भावनालाई ध्यानमा राखेर छुट्याउने रकम हो । कर्जाको जोखिम घटेमा वा पहिले छुट्याइएको रकम आवश्यक नपर्ने अवस्थामा त्यसको केही हिस्सा फिर्ता गर्न सकिन्छ । यस्तो रकम फिर्ता हुँदा बैंकको नाफामा सकारात्मक प्रभाव पर्छ ।

तर, बैंकको खुद ब्याज मार्जिन (एनआईएम) भने घटेको छ । अघिल्लो वर्ष २.७३ प्रतिशत रहेको एनआईएम गत आर्थिक वर्षमा २.५७ प्रतिशतमा झरेको छ ।

यसले बैंकले कर्जा लगानीबाट कमाउने ब्याज र निक्षेपलगायत कोषमा तिर्ने ब्याजबीचको अन्तर साँघुरिँदै गएको देखाउँछ । त्यसैले आगामी दिनमा प्रोभिजन फिर्ताबाट नभई नियमित बैंकिङ व्यवसायबाटै नाफा कायम राख्न सक्ने क्षमता महत्त्वपूर्ण हुने इक्राको निष्कर्ष छ ।

खराब कर्जा ६.४२ बाट बढेर ८.८३ प्रतिशत

रेटिङ बढे पनि बैंकको सबैभन्दा ठूलो चुनौती सम्पत्तिको गुणस्तरमा देखिएको छ । बैंकको कुल खराब कर्जा (ग्रस एनपीए) अघिल्लो वर्ष ६.४२ प्रतिशत रहेकोमा गत वर्ष बढेर ८.८३ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमाभनेएनपीएल ९.१५ प्रतिशत छ । जुन गत वर्षको भन्दा बढी हो ।

कर्जाको किस्ता वा ब्याज भुक्तानी गर्नुपर्ने मिति नाघेको अवस्थालाई पनि इक्राले जोखिमको सूचकका रूपमा लिएको छ । बैंकको शून्य दिनभन्दा बढी भुक्तानी अवधि नाघेका कर्जा (०+ डीपीडी) को अनुपात अघिल्लो वर्षको करिब १९ प्रतिशतबाट बढेर गत वर्षमा करिब २२ प्रतिशत पुगेको छ ।

२० ठूला ऋणीमा कुल कर्जाको २५ प्रतिशत लगानी

कुमारी बैंकको अर्को चुनौती कर्जा लगानी केही ठूला ऋणी समूहमा केन्द्रित हुनु हो । बैंकको कुल कर्जा पोर्टफोलियोमध्ये शीर्ष २० ऋणी समूहमा मात्रै करिब २५ प्रतिशत कर्जा लगानी रहेको छ ।यो रकम बैंकको टियर–१ पुँजीको करिब २०४ प्रतिशत बराबर हो । अघिल्लो रेटिङ अवधिमा शीर्ष २० ऋणी समूहमा कुल कर्जाको करिब २२ प्रतिशत र टियर–१ पुँजीको १९४ प्रतिशत बराबर लगानी थियो ।

यसले बैंकको कर्जा लगानीमा ठूला ऋणीको प्रभाव बढ्दै गएको देखाउँछ । ठूला ऋणीमध्ये केहीले मात्रै कर्जा भुक्तानी गर्न नसके पनि बैंकको खराब कर्जा र पुँजीमा ठूलो असर पर्न सक्छ ।यद्दपि, बैंकको खुद्रा तथा साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा रहेको कर्जा लगानीले केही हदसम्म जोखिम विविधीकरण गरेको छ । बैंकको कुल कर्जा लगानीमध्ये यस्तो कर्जाको हिस्सा करिब ४१ प्रतिशत रहेको छ ।

निक्षेपतर्फ पनि शीर्ष २० निक्षेपकर्ताको हिस्सा कुल निक्षेपको करिब २४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो हिस्सा २६ प्रतिशत थियो ।तरलता अनुपात ४० प्रतिशत, कर्जा–निक्षेप अनुपात ७७ प्रतिशत कुमारी बैंकको तरलता अवस्था भने सहज रहेको इक्राले जनाएको छ । गत वर्ष बैंकको खुद तरल सम्पत्ति र कुल निक्षेपको अनुपात करिब ४० प्रतिशत रहेको छ ।

त्यस्तै, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) करिब ७७ प्रतिशत छ । नियामकीय व्यवस्थाअनुसार यसको न्यूनतम सीमा २० प्रतिशत र अधिकतम सीमा ९० प्रतिशत रहेको छ । खुद तरल सम्पत्ति भन्नाले बैंकले तत्काल आवश्यक पर्दा प्रयोग गर्न सक्ने नगद तथा नगदमा रूपान्तरण गर्न सहज हुने सम्पत्तिलाई बुझिन्छ । यसको अनुपात राम्रो हुनु बैंकको निक्षेप फिर्ता गर्न सक्ने क्षमता सहज रहेको संकेत हो ।

सन् २००१ देखि सञ्चालनमा, एनसीसीसँग मर्जरपछि विस्तार

सन् २००१ मा स्थापना भएको कुमारी बैंकले विभिन्न वित्तीय संस्थालाई गाभ्दै आफ्नो व्यवसाय विस्तार गरेको छ । पछिल्लो पटक सन् २०२३ जनवरीमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर गरेको थियो ।मर्जर तथा प्राप्तिपछि बैंकको शाखा सञ्जाल र बजार पहुँच विस्तार भएको छ । बैंकको अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोलीलाई पनि इक्राले सकारात्मक पक्षका रूपमा लिएको छ ।गत आर्थिक वर्षमा बैंकको कुल सम्पत्ति ४ खर्ब ९१ अर्ब ६८ करोड १० लाख रुपैयाँ पुगेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खुद नाफा घटे पनि किन ह्वात्तै बढ्याे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वितरणयाेग्य मुनाफा ?
Economy & BusinessJust now

खुद नाफा घटे पनि किन ह्वात्तै बढ्याे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको वितरणयाेग्य मुनाफा ?

काठमाडौँ / राष्ट्रिय स्तरको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (असोज मसान्त)सम्म वितरणयोग्य मुनाफा गत बर्षकाे तेस्राे त्रैमासकाे तुलनामा ...

अर्थडबली
एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय
Economy & BusinessJust now

एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय

काठमाडौं- सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नयाँ आईजीपी ...

आजको अर्थ
प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्की हटाइए, मनोजकुमार केसी नयाँ आईजीपी नियुक्त
Economy & BusinessJust now

प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्की हटाइए, मनोजकुमार केसी नयाँ आईजीपी नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउँदै केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्… ...

आर्थिक न्यूज
विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल
Economy & BusinessJust now

विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विगतमा पार्टी र राज्यसत्ता सञ्चालनका क्रममा प्राप्त अनुभवको समीक्षा तथा विश्लेषण गरेर मात्रै आगामी राजनीतिक कार्यभार तय गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले आफ्ना कमजोरीको समीक्षा गर्दै नयाँ चुनौतीको सामना गर्नुपर्ने बता… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play