कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, दबाबमा राख्ने प्रयासहरू अस्वीकार्य : रास्वपा

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूलाई समाचार लेखेकै आधारमा प्रहरीले कार्यालयमै पुगेर नियन्त्रणमा लिएको तथा खोजी जारी राखेको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणालीमाथि प्रहार गर्ने यस्तो कार्यप्रति कडा आपत्ति जनाइएको छ । खरेलका अनुसार लोकतन्त्रको प्राण र सौन्दर्य नै यसका स्वायत्त, सक्षम र उत्तरदायी संस्था हुन् । नागरिकको आवाज मुखरित गर्ने सञ्चार जगतको भूमिका सदैव अग्रपङ्क्तिमा रहन्छ । तर, कानुन कार्यान्वयनको आवरणमा स्वतन्त्र प्रेसलाई भयभीत बनाउने, सञ्चारगृहको गरिमामाथि प्रहार गर्ने र लोकतान्त्रिक संस्थालाई सङ्कुचित पार्ने कुनै पनि कार्यशैली स्वीकार्य हुन नसक्ने रास्वपाको ठहर छ । समाचारमा चित्त नबुझे वा उजुरी भएमा राज्यले स्थापित गरेका निश्चित विधि, न्यायिक प्रक्रिया र कानुनी निकायहरू क्रियाशील रहेको अवस्थामा, स्थापित कानुनी बाटो छलेर सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनको ठाडो उल्लङ्घन भएको रास्वपाले जनाएको छ । कुनै पनि बाहानामा सञ्चारमाध्यमलाई त्रसित पार्ने, मनोवैज्ञानिक दबाबमा राख्ने वा सङ्कुचित पार्ने प्रयासहरू अस्वीकार्य रहेको पार्टीले स्पष्ट पारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले समाचार लेखेकै आधारमा नियन्त्रणमा लिइएका सञ्चारकर्मीलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न तथा घटनाको निष्पक्ष, पारदर्शी र यथार्थ छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । साथै, कुनै पनि भय र त्रासका बाबजुद निर्भिकतापूर्वक सत्य, तथ्य र निष्ठाको पत्रकारिताको पक्षमा उभिन आह्वान गर्दै सम्पूर्ण सञ्चार जगतप्रति हार्दिक ऐक्यबद्धता प्रकट गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि ...
झापा । श्रीमान्को मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकस् शिवसताक्षी नगरपालिका–८ की पार्वती ऋषिदेवका लागि नेपाली नागरिकता प्राप्ति नयाँ आशा बनेको छ । नागरिकता नहुँदा राज्यको सामाजिक सुरक्षा सुविधाबाट वञ्चित रहेकी ... ...

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’
कास्की । पोखराको दोस्रो ठुलो बेगनास तालको किनारमा शुक्रबारदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग... ...

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव
बाँके । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको अभाव देखिएको छ । खेलकुद पूर्वाधारलाई खेलाडी उत्पादनको श्रोत मानिएपनि यसबाट खेलाडी उत्पादन हुन नसक्दा खेलाडी अभावमा पूर्वाधारको संरक्षण हुन... ...

पर्यटकीय याम सुरु भएसँगै सामुदायिक घरबासमा विदेशी पाहुना
बागलुङ । आँखैअगाडि दन्तेलहरझैँ देखिने हिमशृङ्खला, अर्ग्यानिक खानाका परिकार, ग्रामीण जीवनशैली र न्यानो आतिथ्य भकुण्डेस्थित सामुदायिक घरबास (होमस्टे)को मुख्य आकर्षण हुन् । यिनै विशेषताका कारण बागलुङको भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक... ...


