काठमाडौं । तनहुँको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी चार दिनदेखि प्रहरी हिरासतमा रहेको खुलेको छ। जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका उनलाई प्रहरीले अन्य २३ जनासँगै हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंसिर ३ गते काठमाडौंको मैपीस्थित एक घरमा छापा मारेर मेयर त्रिपाठीसहित २४ जनालाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट प्रहरीले ९ लाख ६० हजार ५०० रुपैयाँ नगद, ४६० अमेरिकी डलर, ५०० भारतीय रुपैयाँ र १६ थान कौडा बरामद गरेको थियो। पक्राउ परेका सबैलाई हिरासतमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। मेयर त्रिपाठी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
किन ४ दिनदेखि हिरासतमा छन् भानु नगरपालिकाका मेयर ?

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






