Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कावासोतीमा साथीकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, परिवारले उठायो प्रश्न

कावासोतीमा साथीकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, परिवारले उठायो प्रश्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
कावासोतीमा साथीकै कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, परिवारले उठायो प्रश्न

कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-१६ डण्डामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको घटनामा पीडित परिवारले निष्पक्ष अनुसन्धानको माग गरेको छ । गत कात्तिक १ गते साँझ कावासोती नगरपालिका–१६ डण्डास्थित जक्सन होटल नजिक पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा स्थानीय ४२ वर्षीय राजु केसीको मृत्यु भएको थियो । हरियाली सामुदायिक वनबाट डण्डातर्फ आउँदै गरेको बा ८० प २९१२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको ग १ च ६७०४ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि फरार रहेका कार चालक कावासोती–१६ निवासी ६२ वर्षीय मिनबहादुर क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारका अनुसार मृतक केसी र पक्राउ परेका कार चालक क्षेत्री साथी थिए । घटनाको दिन दशैंका अवसरमा केसी आफन्तको घरमा खसी काट्ने तथा भेटघाट गर्ने कार्यक्रममा सहभागी थिए। सोही क्रममा साथीहरूबाट फोन आएपछि उनी हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय पुगेका थिए। परिवारका अनुसार त्यहाँ क्षेत्रीसहित आठ जनाको समूहले सामुदायिक वनको जंगलमा खसी काटेर खानपान गरेको थियो। उक्त भेटघाटमा को–को सहभागी थिए, उनीहरूबीच के कुराकानी भएको थियो र त्यसको दुर्घटनासँग कुनै सम्बन्ध थियो वा थिएन भन्ने विषयमा अनुसन्धान हुनुपर्ने परिवारको माग छ। परिवारले उपलब्ध गराएको भनिएको सीसीटीभी फुटेजमा उक्त स्थानबाट क्षेत्रीले चलाएको कार, अर्को स्कर्पियो र केसी सवार मोटरसाइकल सँगै निस्किएको देखिने बताइएको छ। पीडित परिवारका अनुसार सीसीटीभी फुटेजमा केसीको मोटरसाइकल अगाडि बढिरहेका बेला पछाडिबाट आएको कारले गति बढाएर ठक्कर दिएको दाबी गरिएको छ । ठक्करपछि कार नरोकिएको र चालक घटनास्थलबाट फरार भएको घटनाक्रमले शंका उत्पन्न गरेको परिवारको भनाइ छ। दुर्घटनाका बेला कारको पछाडि रहेको स्कर्पियो गाडीको भूमिकाबारे पनि परिवारले प्रश्न उठाएको छ । परिवारका अनुसार स्कर्पियोमा रहेका व्यक्तिले दुर्घटना देखे पनि तत्काल उद्धारमा संलग्न नभई घटनास्थल छाडेको परिवारको आरोप छ । त्यस्तै, केसीलाई फोन गरेर बोलाउने, भेटघाटमा सहभागी हुने र घटनाअघि उनीसँगै रहेका व्यक्तिहरूसँग पनि आवश्यक सोधपुछ गर्न परिवारले माग गरेको छ। दुर्घटनाको पाँच दिन बितिसक्दासमेत केसीको शवको पोस्टमार्टम तथा अन्त्येष्टि हुन सकेको छैन । परिवारले घटनालाई सामान्य सवारी दुर्घटनाका रूपमा मात्रै नहेरी दुर्घटनाको प्रकृति र घटनापछिका गतिविधिलाई समेत समेटेर निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ । दुर्घटना हुनुअघि मृतकसँगसँगै गाडीमा निस्किएका व्यक्तिहरुमाथि प्रहरीले कुनै सोधबुझ नगरेको परिवारको गुनासो छ । यता प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरी निरिक्षक मोहन कुमार खड्काले कार चालक क्षेत्रीलाई पक्राउ गरी सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जानकारी दिनुभयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

जयशंकरलाई वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?
ताजा खबरJust now

जयशंकरलाई वाग्लेको प्रश्न : के विश्व पेन्डुलमको अर्को छेउतिर जाँदै छ?

एनडीटीभी वर्ल्ड समिट २०२६ अन्तर्गत बिहीबार आयोजित ‘द जियोपोलिटिक्स अफ सोभरेन चोइस’ सत्रमा वाग्लेले जयशंकरलाई विश्व बहुपक्षीयताबाट क्षेत्रीय तथा साना समूहमा आधारित सहकार्यतर्फ गइरहेको हो भन्दै प्रश्न गरेका थिए। ...

कान्तिपुर
रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै
ताजा खबरJust now

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने धनगढी विमानस्थल अवतरण गरेका छन्। भारत भ्रमणका लागि निस्केका उनी पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै त्यसतर्फ लाग्नेछन्।  लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए। धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै कञ्चनपुरतर्फ आउँदैछन्।  सडकमार्ग हुँदै उनी गड्डाचौकी न... ...

नेपालखबर
माटोको उर्वराशक्तिमा चुनौती, बागमतीमा संकलित ८३ प्रतिशत नमुनामा अम्लीयपन
ताजा खबरJust now

माटोको उर्वराशक्तिमा चुनौती, बागमतीमा संकलित ८३ प्रतिशत नमुनामा अम्लीयपन

काठमाडौँ उपत्यकासहित नुवाकोट, धादिङ, मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवरलगायतका व्यावसायिक तरकारी उत्पादन हुने क्षेत्रमा माटोमा अम्लीयपन बढ्दै गएको प्रयोगशालाले जनाएको छ। ...

कान्तिपुर
फ्राइडे रिलिज : आजदेखि प्रदर्शनमा ‘कबड्डी ५’, चुनौतीमा तीन फिल्म
ताजा खबरJust now

फ्राइडे रिलिज : आजदेखि प्रदर्शनमा ‘कबड्डी ५’, चुनौतीमा तीन फिल्म

काठमाडौँ । साताको नयाँ चलचित्र रिलिज हुने परम्परा ‘फ्राइडे रिलिज’ अन्तर्गत आज शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play