काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइँदै छ । यस अवसरमा गोरु तथा कृषि कर्ममा संलग्न किसानलाई पूजा गरी मीठा परिकार खुवाउने परम्परा छ । धार्मिक परम्पराअनुसार आँगनमा गाईको गोबरबाट पर्वत बनाई गोवर्द्धन पर्वतका रूपमा पूजा गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर गोकुलवासीलाई वर्षाबाट बचाएको सम्झनामा यो पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद्हरूको भनाइ छ । यस दिन भगवान् विष्णुबाट पाँच दिन मर्त्यलोकको शासन गर्ने अधिकार पाएका राजा बलीको पनि पूजा गरिन्छ । यस्तै, वर्षभरि खेतीपातीमा सहयोग गर्ने गोरु तथा हलिलाई सम्मानस्वरूप पूजा गरी मीठा परिकार खुवाइन्छ । यसै कारण आजको दिनलाई हलि तिहारसमेत भनिन्छ ।
कार्तिक शुक्ल प्रतिपदा : आज गोवर्द्धन, बली, गोरु र हलिको पूजा गरी मनाइँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






