Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन । “जलवायु परिवर्तनको प्रभावबारे हामी सबै भुक्तभोगी छौँ । हामीले फेर्ने श्वासदेखि पिउने पानी र बस्ने सहरसम्म जलवायु परिवर्तनबाट प्रभावित छन्”, उनले भनिन्, “अब गरौँला–हेरौँला भनेर बस्ने समय छैन । त्यसैले काममै केन्द्रित भएर जलवायु कार्य सप्ताह आयोजना गर्न लागेका हौँ ।” उनले जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरणका लागि तत्काल कार्यान्वयनमा जानुपर्ने आवश्यकता औँल्याउँदै सप्ताहका क्रममा महानगरपालिकाले विभिन्न नयाँ कार्यक्रमको थालनी गर्ने बताइन् । सप्ताहको पहिलो दिन विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँग जलवायु परिवर्तनको प्रभाव, त्यसबाट प्रभावित समुदाय तथा न्यूनीकरणका लागि भइरहेका प्रयासबारे अनुभव आदानप्रदान गरिनेछ । सोही दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ सुरु गरिने कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिइन् । महानगरपालिकाभित्रका विद्यालयमा भूमिगत जल पुनःभरण गर्न सकिने सम्भावित स्थानको अध्ययनसमेत गरिएको उनले बताइन् । दोस्रो दिन जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल गरिनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तरराष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनका विषयमा विमर्श हुनेछ । तेस्रो दिन ‘नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असर’ विषयमा केन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ । परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन र सम्पदा संरक्षणमा सामुदायिक ज्ञानको भूमिकाबारे छलफल गरिनेछ । चौथो दिन ‘ऊर्जा प्रणाली र जलवायु परिवर्तन’ विषयमा स्वच्छ ऊर्जा, विद्युतीय सवारीसाधन, ऊर्जा भण्डारण प्रविधि तथा फोहरमैला व्यवस्थापनका विषयमा समानान्तर सत्र सञ्चालन हुनेछन् । सोही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गरिने तथा सफा टेम्पो र विद्युतीय सवारीसाधनको प्रयोग प्रवर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरिनेछ । पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’ का रूपमा मनाइनेछ । सो अवसरमा ५० भन्दाबढी विद्यालयमा एकैसाथ फोहर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना तथा सिर्जनात्मक सचेतना र कार्यमूलक गतिविधि सञ्चालन गरिनेछ । विद्यार्थीले विकास गरेका नवीन प्रविधि, हरित आविष्कार तथा इको क्लबका गतिविधिसमेत प्रदर्शनीमा राखिनेछन् । प्रतियोगितामा महानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी सहभागी हुन सक्नेछन् । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सात जनालाई जनही रु १० हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट हुने १० जनालाई ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’ घोषणा गरी वर्षभरि नै जलवायु संरक्षणसम्बन्धी सिर्जनात्मक गतिविधिमा सहभागी गराउने महानगरपालिकाको तयारी छ । The post कामपाले १० बालबालिलाई जलवायु परिवर्तन सद्भावना दूत बनाउँदै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हवाई मार्ग खुल्ने आशमा लुम्बिनी
Latest NewsJust now

हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

रुपन्देही। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै नयाँ हवाई प्रवेशमार्गका विषयमा सहमति हुने आशा लुम्बिनी क्षेत्रमा बढेको छ । नेपाल–भारतबीच हवाई मार्ग प्रयोगबारे सहमति जुटे गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आउने र यसले पर्यटन तथा व्यापारिक गतिविधि बढाउने विश्वास स्थानीयवासी र व्यवसायीले गरेका छन् । भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने, महेन्द्रनगरलगायत हवाई मार्गलाई दुईतर्फी ...

नेपालन्युज
काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै
Latest NewsJust now

काठमाण्डुबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका प्रयासलाई प्रभावकारी बनाउन सोमबारदेखि ‘काठमाण्डु जलवायु कार्य सप्ताह २०८३’ आयोजना गर्ने भएको छ । सप्ताहका अवसरमा १० जना बालबालिकालाई जलवायु परिवर्तन सद्भावना दूत घोषणा गरिनेछ । स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि आगामी कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी […] ...

काठमाण्डुपाटी
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
Latest NewsJust now

तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सञ्चालन भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा ४८ हजार ९७१ जनाले अवलोकन गरेका छन् । प्रदर्शनीको अन्तिम दिन आइतबार मात्रै करिब २० हजार दर्शकले अवलोकन गरेका हुन् । आधुनिक कृषि उपकरण, मेसिनरी तथा प्रविधिबारे जानकारी लिन काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट किसान, कृषि उद्यमी, व्यवसायी, विद्यार्थी ...

लुम्बिनी सञ्चार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement