Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

Share:WhatsAppFacebookX (Twitter)Telegram
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Photo / Coverage: नेपालन्युज

बाँके। पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ। उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन्। पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनाको सामान्य मर्मतसम्भार हुन नसक्दा ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ। नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले संरक्षण र रेखदेखको अभावमा तालको अवस्था बिग्रँदै गएको बताए। “कान्ति ताललाई पर्यटकीयस्थल बनाउन ठूलो बजेट खर्च गरिएको हो। तर, अहिले यहाँका संरचना भत्किएका छन्, झाडी बढेको छ। संरक्षणका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन”, उनले भने। थापाका अनुसार कान्ति ताल पर्यटकीयस्थल मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र हो। विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको तालको संरक्षण नहुँदा यहाँको पर्यावरणीय महत्त्व जोखिममा परेको उनको भनाइ छ। “यो तालको महत्त्व पर्यटकीय पूर्वाधारमा मात्र सीमित छैन। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन्। तालको प्राकृतिक स्वरूप जोगाउन सकिए यसले पर्यटनसँगै जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्‍याउँछ”, थापाले भने। पर्यावरण तथा चरा संरक्षणमा क्रियाशील अभियानकर्मीले तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएका छन्। संरक्षणका लागि आवश्यक पहल नहुँदा तालको अवस्था सुधार हुन सकेको छैन। ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख राजस्व बुझाउने सम्झौता गरी जिम्मा लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका पूर्वाधार तोडफोड भएको बताए। “ताल परिसरमा निर्माण गरिएका रेलिङ तथा अन्य संरचनामा क्षति पुगेको छ। लागुऔषध प्रयोगकर्ताले ती संरचना तोडफोड गरेको हुनसक्ने देखिन्छ। संरचनाको संरक्षण र नियमित रेखदेखका लागि प्रभावकारी व्यवस्था आवश्यक छ”, उनले भने। नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गरे। उनले अब सरोकारवाला निकायसँग छलफल गरेर तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको बताए। “विगतमा निर्माण गरिएका योजनाले सोचेअनुसारको नतिजा दिन सकेनन्। अब सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी योजना बनाउने तयारीमा छौँ”, प्रवक्ता रिजालले भने। उपमहानगरपालिकाले नयाँ योजना बनाउने बताए पनि यसअघि खर्च भएको रकमको प्रतिफल र निर्माण भएका संरचनाको संरक्षणबारे प्रश्न उठेको छ। सात वर्षअघि सुरु गरिएको योजनाले अपेक्षित गति लिन नसक्दा तालको विकासमा गरिएको लगानी खेर जाने जोखिम बढेको छ। नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तालको तत्काल संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। “कान्ति ताल नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको महत्त्वपूर्ण सम्पत्ति हो। यसलाई जीर्ण अवस्थामा छाड्नु हुँदैन। भएका संरचनाको मर्मतसम्भार गरेर तालको प्राकृतिक र पर्यटकीय महत्त्व जोगाउन तत्काल पहल गर्नुपर्छ”, श्रेष्ठले भने। स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र जैविक विविधता संरक्षणको सम्भावना बोकेको कान्ति तालको अवस्था सुधार गर्न उपमहानगरपालिकाले तत्काल प्रभावकारी व्यवस्थापन योजना ल्याउनुपर्ने स्थानीयको माग छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिममा रोकिएनन् सडक दुर्घटना, सचेतना अभियान र कारबाही बढ्दै
Latest NewsJust now

सुदूरपश्चिममा रोकिएनन् सडक दुर्घटना, सचेतना अभियान र कारबाही बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, चालकलाई सचेतना र जोखिमयुक्त सडकखण्डमा सुधारका प्रयास भइरहेकै छन्। तर सवारी दुर्घटनाको अवस्था भने चिन्ताजनक देखिएको छ। कात्तिक महिनामा मात्रै प्रदेशका... ...

रातोपाटी
अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन
Latest NewsJust now

अमेरिकामा बम आक्रमणको योजना बनाउँदै इरान, ट्रम्प प्रशासनका अधिकारीहरू निशानामा : गुप्तचर प्रतिवेदन

काठमाडौं । अमेरिकी गुप्तचर निकायको नयाँ प्रतिवेदनले इरानले वाशिङ्टन, डीसीमा ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरूलाई लक्षित गर्दै ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गरी आक्रमण गर्ने योजना बनाइरहेको देखाएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनले सात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यस्तो योजनाको खुलासा गरेको हो । स्रोतका अनुसार अमेरिकासँगको युद्धमा सबै विकल्प खुला राख्ने उद्देश्यले लामो समयदेखि उसले यस्तो योजना बनाइरहेको हो । पत्ता लागेका ...

केन्द्रबिन्दु
आजदेखि विराटनगरमा राति २ बजेसम्म रात्रीकालीन व्यवसाय सञ्चालन हुने
Latest NewsJust now

आजदेखि विराटनगरमा राति २ बजेसम्म रात्रीकालीन व्यवसाय सञ्चालन हुने

विराटनगर । मंसिर १ गते (आज)देखि विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायहरू राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले तयार पारेको ‘मोरङ जिल्लाको विराटनगर... ...

रातोपाटी
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Latest NewsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा २५ रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play