Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/कात्तिक १४ गते ‘पल्सर आरपीएम’ पोखरामा आयोजना हुदैँ

कात्तिक १४ गते ‘पल्सर आरपीएम’ पोखरामा आयोजना हुदैँ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक १४ गते ‘पल्सर आरपीएम’ पोखरामा आयोजना हुदैँ

मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई एकै मञ्चमा जोड्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजना हुने कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीत तथा अन्य मनोरञ्जनात्मक गतिविधि समावेश हुनेछन्। कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ। काठमाडौं र बुटवलमा सफलतापूर्वक सम्पन्न भएका संस्करणपछि पोखरा आइपुग्न लागेको पल्सर आरपीएमले यसपटक सहरका युवा, खेलप्रेमी र सिर्जनशील समुदायलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ। बुटवलमा करिब २,५०० जनाको सहभागिता रहेको यस कार्यक्रमले पोखरामा पनि उत्साहपूर्ण सहभागिताको अपेक्षा गरेको छ। कम्पनीका अनुसार, कार्यक्रममा पल्सर एन१६० मार्फत रोमाञ्चक मोटरसाइकल स्टन्ट प्रदर्शन गरिनेछ। साथै, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधिले कार्यक्रमलाई थप आकर्षक बनाउनेछन्। स्थानीय डिजे तथा ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् भने पल्सर एन१६० र एनएस२०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना पनि रहेको छ। सहभागीले पप-अप स्टोर, खाना, कफी र अन्य गतिविधिको अनुभव लिन सक्नेछन्। पल्सर आरपीएम मनोरञ्जनमा मात्र सीमित नभई स्थानीय प्रतिभालाई आफ्नो सीप र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर प्रदान गर्ने मञ्च पनि हो। विभिन्न खेल, कला र संगीतमा सक्रिय युवालाई जोड्दै पोखराको युवा संस्कृति र स्थानीय प्रतिभालाई थप पहिचान दिलाउनु कार्यक्रमको उद्देश्य रहेको छ।कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य आरपीएम गतिविधि दिउँसो २स्३० बजेदेखि सञ्चालन हुनेछ। The post कात्तिक १४ गते ‘पल्सर आरपीएम’ पोखरामा आयोजना हुदैँ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

बजाजको चाडपर्व विशेष योजना सार्वजनिक
प्रविधिJust now

बजाजको चाडपर्व विशेष योजना सार्वजनिक

बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले नेपाली ग्राहकहरूका लागि नयाँ बजाज विगो इलेक्ट्रिक तीनपाङ्ग्रे सवारीसाधनमा चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको बहार, विगो मा ५० हजार!’ नारासहित ल्याइएको यस योजनाअन्तर्गत ग्राहकहरूले बजाज विगो खरिदमा ५० हजारको छुट प्राप्त गर्न सक्नेछन्। यस योजनालाई अझ आकर्षक बनाउँदै कम्पनीले पुरानो सवारीसाधन एक्सचेन्ज गरी नयाँ बजाज विगो खरिद गर्ने ग्राहकहरूका लागि रु. ...

टेक्नोलोजी खबर
प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना
प्रविधिJust now

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छः मन्त्री डा तिमिल्सिना

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्। प्रस्तावित आमसञ्चारसम्बन्धी विधेयक, २०८३ को मस्यौदाउपर आज मन्त्रालयमा आयोजित सरोकारवाला निकाय तथा पदाधिकारीसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्रेस स्वतन्त्रता र त्यसको दुरुपयोगबीचको सीमालाई स्पष्ट पार्न त्यसै बमोजिमको कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्। कानुन र सञ्चारमाध्यम लोकतान्त्रिक ...

टेक्नोलोजी खबर
एनपीएल तेस्रो संस्करण: साेमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सद्वारा विराटनगर किङ्स ४ विकेटले स्तब्ध
प्रविधिJust now

एनपीएल तेस्रो संस्करण: साेमपाल कामीको अलराउन्ड प्रदर्शनमा कर्णाली याक्सद्वारा विराटनगर किङ्स ४ विकेटले स्तब्ध

१२ कात्तिक, काठमाडौं। एनपीएल: कर्णालीकाे राेमाञ्चक जित, विराटनगर स्तब्ध: तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले विराटनगर किङ्समाथि ४ विकेटको राेमाञ्चक जित निकालेकाे छ। जितका लागि १८७ रनकाे बिशाल लक्ष्य ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play