कात्तिक ११ देखि नेपालमा मौसम प्रभावित हुन सक्ने, सतर्क रहन आग्रह

काठमाडौं । भारतको बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्रका कारण आगामी कात्तिक ११ गतेदेखि नेपालको मौसम प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते (अक्टोबर २६) सम्म चक्रवाती आँधीमा विकसित हुन सक्ने देखिएको छ । उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भूभागमा प्रवेश गर्ने सम्भावना रहेको छ । उक्त मौसमी प्रणालीका कारण कात्तिक ११ गते (अक्टोबर २८) बुधबारदेखि कात्तिक १५ गते (नोभेम्बर १) आइतबारसम्म नेपालमा मौसम प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, आगामी दिनमा विकसित हुने मौसमी प्रणालीका कारण नेपालमा हुन सक्ने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था छैन । सम्भावित प्रतिकूल मौसमले कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ । मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि महाशाखाबाट जारी हुने नियमित सूचनामा ध्यान दिन पनि आग्रह गरिएको छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

बेपत्ता भएका थप १८ वटा चौँरीगाईको उद्धार
हुम्ला समाचारदाताहुम्ला, कात्तिक ७ गते । नाम्खा गाउँपालिका– ६ को हिमालपारीको लिमी उच्च पाटनमा चरन कै क्रममा रहेको बेला हिमपातले बेपत्ता भएका थप अठार वटा चौँरीगाईको सकुशल उद्धार गरि... ...

गंगापूर्ण हिमालमा सम्पर्कविहीन दुई जापानी आरोही मृत भेटिए
मृत भेटिनेमा जापानी नागरिक ४० वर्षीय हिदेसुके तानेइशी र २५ वर्षीय तेत्सु हाशिमोतो रहेका छन् । ...

दसैंअघिको सुनसान मुस्ताङमा पर्यटकीय चहलपहल
बेनी-जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको पर्यटन पूर्ण रूपमा प्रभावित बनेकामा दसैँपछि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्यांकमा उल्लेख छ । ...

एमाले भ्रष्टाचारीको संरक्षक हो, तत्काल एकता सम्भव छैन: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध ... ...


