Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो। लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ। यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ। दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित तिहार पर्व गाँसिएको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै सुरु भएको छ। यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ। यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक शुक्रबार बेलुकीदेखि नै सुरु भएको हो। यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व शुक्रबार नै मनाइएको छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि
Latest NewsJust now

तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुर । घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट... ...

रातोपाटी
गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
Latest NewsJust now

गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

अस्मिता सिंखडागोरखा, कात्तिक २१ गते । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–८, माथिल्लो खोलखोलेस्थित गैरी चौतारामा ग. प्र. ०३–००१ प ०८१० नम्बरक... ...

गोरखापत्र
तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी
Latest NewsJust now

तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका बेला उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ। तिहार तथा छठ पर्वका समयमा विद्युत् ... ...

नेपालखबर
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
Latest NewsJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

• चर्चित कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारको अवसरमा २३औँ काग सम्मेलन काठमाडौंमा आयोजना गरेका छन्। • सम्मेलनको उद्देश्य काग तिहारको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्नु र नेपाली मौलिक परम्पराको संरक्षण गर्नु हो। • दुलालले कागको आवाज निकाल्न सक्ने विशेष खुबीका साथ १७३ प्रकारका जनावर र चराचुरुङ्गीको आवाज पनि प्रस्तुत गर्दै आएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play