Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कात्तिकमै अत्याधिक चिसो, चौरमै सुरु गरियो पठनपाठन
Photo / Coverage: पर्दाफास

हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन् । दिउँसोको समयमा पनि यतिबेला हुम्लामा तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि बालविकास र कक्षा एकका विद्यार्थीहरुलाई खुला चौरमा पठनपाठन गराउँदै आएको बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रेमकला बुढाले बताइन् । यो वर्ष कात्तिक महिनामै दुई पटक जिल्लामा हिमपात भएको हुँदा चिसो अत्यन्त बढेको छ । जिल्लामा हिमपात पश्चात् तापक्रम माइनसमा झरेर चिसो एक्कासी बढेपछि विद्यार्थीलाई घाम ताप्दै सहज रूपमा सिकाइ गर्न सकियोस् भन्ने उद्देश्यले विद्यालयले खुला स्थानमै नियमीत कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक बुढाको भनाई छ । प्रधानध्यापक बुढाले भनिन्, ‘चिसोका कारण साना कक्षाका विद्यार्थी कक्षाकोठामा बस्न नसक्ने भएपछि खुला चौरमा पठनपाठन शुरु गरिएको छ ।’ विशेषगरी बालविकास र कक्षा १ का विद्यार्थीलाई घाम ताप्दै पढ्ने व्यवस्था मिलाइएको छ ।’ यस्तै अन्य कक्षाका बिद्यार्थीलाई पनि चिसो मानेपछि चौरमा पठनपाठन गराउँदै आएका छौ ।’ जिल्लाको बलभद्र आधारभूत विद्यालय मात्रै नभएर हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका अधिकांस तीन विद्यालयले अत्यधिक चिसोको कारण कक्षाकोठामा बसेर पढ्न कठिन भएपछि चौरमा पठनपाठन सञ्चालन गर्न गर्दै आएका छन् । नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको सुनखानी आधारभूत विद्यालयका शिक्षक बिकुल तामाङका अनुसार, विद्यालय भवनका कक्षाकोठा चिसो हुँदा भित्र पढाउन नसकिएकोले विद्यालयकै हातामा कक्षा सञ्चालन भइरहेको बताए । कक्षा ८ सम्मका सबै विद्यार्थी खुला स्थानमै पढ्न बाध्य रहेको उनको भनाई छ । उत्तरी क्षेत्रमा दिउँसोमा समेत तापक्रम माइनसमा हुने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ
OthersJust now

डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

१७ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिममा पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ दामाचौरस्थित खोली बगरबाट दुई जना फरार कैदी पक्राउ परेका हुन् । चौरजहारी बेस क्याम्प र गोतामकोट… ...

अनलाइन खबर
नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने अनुमान
OthersJust now

नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने अनुमान

नेपालमा काम गर्ने उमेर समूहको जनसंख्या सन् २०४७ मा उच्च बिन्दुमा पुग्ने र त्यसको १२ वर्षपछि अर्थात् सन् २०५९ मा नेपाल वृद्ध समाजमा प्रवेश गर्ने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले ‘डेमोग्राफिक चेन्ज इन साउथ एशियाः फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनमार्फत नेपालसहित दक्षिण एशियाली मुलुकले जनसांख्यिकीय परिवर्तनबाट प्राप्त अवसर उपयोग गर्न र वृद्ध जनसंख्याको व्यवस्थापनका लागि समयमै ...

पर्दाफास
जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा
OthersJust now

जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा

फिल्ममेकर सञ्जय लीला भन्सालीको कम्पनी भन्साली प्रोडक्सन्सको पेजबाट पोस्ट गरिएको फोटो अहिले ट्रोल भएको छ । त्यहाँ तीनवटा तस्बिर छन् । र, ती रोमान्टिक तस्बिरमा छन् सलमान खान र ऐश्वर्या राय । थाहा भएकै कुरा हो, अहिले उनीहरूबीच बोलचाल पनि छैन । त्यस्तै, कुनै समय उनीहरू धुमधाम प्रेम सम्बन्धमा थिए भन्ने पनि जगजाहेर छ ।… ...

अनलाइन खबर
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा
OthersJust now

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play