काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्सले काठमान्डु गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भएको हो । विराटनगरको ब्याटिङ सुरुदेखि नै कमजोर देखियो । उसले पावरप्लेमा तीन विकेट गुमाउँदै २३ रन मात्रै बनाउन सक्यो । १० ओभरको खेल सकिँदा विराटनगरले सात विकेट गुमाएर ३७ रन मात्र जोडेको थियो । विराटनगरका लागि रुपेश सिंहले सर्वाधिक २६ रन बनाए । एन्जेलो म्याथ्युजले २२ रन जोडे । उनले ३१ बलको सामना गरेका थिए । त्यस्तै, बसिर अहमदले १० र लोकेश बमले १० बलमा ६ रन बनाए । विराटनगरका तीन ब्याटरले खाता खोल्न सकेनन् । अन्तिम खेल खेलिरहेका वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल पनि तीन रनमै आउट भए । विराटनगरको ब्याटिङ ध्वस्त पार्ने क्रममा काठमान्डुका सन्तोष यादवले सर्वाधिक तीन विकेट लिए । सहन आरच्चिगेले दुई विकेट लिँदा करण केसी, जहानदाद खान, शाहब आलम र देव शाहले समान एक–एक विकेट हात पारे । ८४ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको काठमान्डु जितको खोजीमा छ ।
काठमान्डु गोर्खाजसँग विराटनगर किङ्स ८३ रनमै अलआउट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






