Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं महानगरद्वारा ३३६ माला र १४० पुष्पगुच्छा जफत

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं महानगरद्वारा ३३६ माला र १४० पुष्पगुच्छा जफत
Photo / Coverage: नेपालन्युज

काठमाडौं। तिहारलाई लक्षित गरी काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला र पुष्पगुच्छाको बिक्रीमा रोक लगाएको छ। महानगर प्रहरी बलले प्रतिबन्धको अवज्ञा गर्दै बिक्रीका लागि राखिएका ३३६ वटा प्लास्टिकका माला र १४० वटा पुष्पगुच्छा जफत गरेको छ। महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागले सार्वजनिक सूचना जारी गर्दै प्लास्टिकजन्य सामग्रीको बिक्री वितरण निषेध गरेका थिए। महानगरका अनुसार चावहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराहीलगायतका स्थानबाट ती सामग्री जफत गरिएको हो। सबैभन्दा धेरै प्लास्टिकका फूल र माला कोटेश्वर क्षेत्रबाट बरामद भएको छ। महानगरले स्वदेशी फूलको प्रवर्द्धन गर्न ३३ वटा बिक्री केन्द्र तोकेको छ। महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार किसानले सहज रूपमा फूल बिक्री गर्न सक्ने व्यवस्था मिलाइएको छ। किसानले थप जानकारीका लागि ०१-५९०१७६३, ०१-५९०१७६४ र ९८५१३५६५०९ मा सम्पर्क गर्न सक्नेछन्। वातावरण संरक्षण ऐन, २०७६ अनुसार नेपालभर प्लास्टिकजन्य माला तथा पुष्पगुच्छाको उत्पादन, आयात, बिक्री र भण्डारणमा रोक लगाइएको छ। महानगरले प्रतिबन्धित सामग्री प्रयोग गरेको पाइएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र प्रचलित आर्थिक ऐनबमोजिम कारबाही हुने चेतावनी दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
फुलहम र न्युकासलले १-१ गोलको बराबरी खेल्दै बाँडे अङ्क
Latest NewsJust now

फुलहम र न्युकासलले १-१ गोलको बराबरी खेल्दै बाँडे अङ्क

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा फुलहम र न्युकासल युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दुवै गोल... ...

रातोपाटी
माइन्जमाथि बायर्नको २-१ को जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

माइन्जमाथि बायर्नको २-१ को जित, शीर्ष स्थान कायमै

काठमाडौँ । जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा बायर्न म्युनिखले माइन्जलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा योसुवा किमिच र लेनार्ट कार्लले एक-एक गोल गरे भने माइन्जका... ...

रातोपाटी
ओडेगार्डको निर्णायक गोलमा आर्सनलको कठिन जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

ओडेगार्डको निर्णायक गोलमा आर्सनलको कठिन जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा आर्सनलले हल सिटीमाथि १–० गोल अन्तरको कठिन जित निकालेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले निर्णायक गोल गरे... ...

रातोपाटी
महँगिए ड्राइफ्रुट्स र फलफूल
Latest NewsJust now

महँगिए ड्राइफ्रुट्स र फलफूल

यसपालि तिहारका लागि ३ अर्ब ६ करोड ७४ लाख रुपैयाँको ड्राइफ्रुट्स आयात भएको भन्सार विभागको तथ्यांक छ । नरिवल, काजु, बदाम, पिस्ता, अन्जिर, छोकडालगायतको मूल्यमा डेढ सयदेखि १८ सयसम्म बढेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play