Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं फिल्म फेस्टिभल, व्यक्तिगत र पेशागत जीवनका कथा

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं फिल्म फेस्टिभल, व्यक्तिगत र पेशागत जीवनका कथा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । गएको शनिवार काठमाडौंमा झरी परिरहेको थियो । अलि चिसो पनि भएको, मौसम परिवर्तनले स्वास्थ्य बिग्रिएला कि भन्ने चिन्ताले घरबाट बाहिर निस्कौँ कि ननिस्कौँ भन्ने दोधार थियो । तर, नेपाल पर्यटन बोर्डको प्रेक्षालय भने कलाकार र हचलचित्र क्षेत्रका पारखीहरुले खचाखच थियो । त्यहाँ भारतीय अभिनेत्री शबाना आजमीका जीवनका कथा सुनाइरहेकी थपइन् । नेपाली अभिनेत्री स्वस्तिमा खड्का, आजमीको व्यक्तिगत, सामाजिक र पेशागत जीवनसँग सम्बन्धित अन्तरकुन्तरका प्रश्न सोधिरहेकही थिइन् । चलचित्रको पर्दामा अनेक चरित्रमार्फत दर्शकको मन जितेकी आजमीले आफ्नो बाल्यकाल, अभिनय यात्रा, पारिवारिक सम्बन्ध, प्रेम, विवाह र महिलाको सामाजिक अवस्था बारे अनुभव र विचार सुनाइरहँदा उपस्थित सहभागी कुरा सुन्नमा मग्न थिइन् । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौँ फिल्म फेस्टिभल’ अन्तर्गत पर्यटन वोर्डमा आयोजना भएको ‘चलचित्र, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एण्ड अ लाइफ वेल लाइभ्ड)’ बिषयको प्यानल डिस्कसनको संवाद केवल दुई अभिनेत्री बिचको परिचयात्मक कुराकानीमा सीमित थिएन । यसमा अभिनयको यात्रा, कलाप्रतिको प्रतिबद्धता, सामाजिक चेतना, महिला समानता र व्यक्तिगत सम्बन्धका जीवन्त अनुभव मिसिएका थिए । फरक देश र पुस्ताका दुई अभिनेत्री एउटै मञ्चमा उभिएर आफ्ना अनुभव साट्दा संवाद रोचक बनेको थियो । ६ महिनादेखि रङ्गमञ्चको वातावरणमा संवादमा स्वस्तिमाले आजमीको अभिनय यात्रा प्रवेश सम्बन्धी जिज्ञासा राख्दै कुराकानी थाल्नुभयो । जवाफमा आजमीले आफ्नो बाल्यकाल र आमाको रङ्गमञ्चसँगको सम्बन्ध सम्झिइन् । उनकी आमा शौकत कैफी चर्चित रङ्गमञ्च अभिनेत्री थिइन् । आमाले आफूलाई छ महिनाको उमेरदेखि नै रिहर्सलमा लैजाने गरेको उनको भनाइ थियो । अभिनय र कलाको वातावरणमा हुर्किए पनि बाल्यकाल सहज थिएन । आर्थिक अभाव र सीमित स्रोत साधनका बीच बितेको बाल्यकाल सम्झँदै आजमीले भनिन्, ‘हामी एउटा सानो कोठामा बस्थ्यौँ । परिवारका आठ जना सदस्यले एउटै शौचालय प्रयोग गर्नुपथ्र्यो । मेरा बुबाले कमाएको सबै पैसा कम्युनिस्ट पार्टीलाई दिइन् । घर चलाउन हाम्रो परिवारले जम्मा ४० भारतीय रुपैयाँ पाउँथ्यो ।’ अभावले भरिएको पारिवारिक वातावरणमा आफूले काल्पनिक संसार निर्माण गर्न थालेको उनको भनाइ थियो । जीवनका कठिनाइले नै आफूभित्र कल्पनाशील बनाएको, सिर्जनात्मकताको विकासमा सघाएको उनले अनुभव सुनाइन् । अभिनयलाई नै पेशा बनाउने निर्णय गर्दा परिवारको साथ कस्तो थियो भन्ने प्रश्नमा उनले आफ्ना बुबा (जो कवि पनि थिए) नप्रख्यात कवि कैफी आजमीको सम्झना गर्नुभयो । फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) मा अध्ययन गर्ने निर्णय सुनाउँदा बुबाले दिएको जवाफ उहाँको जीवनको महत्वपूर्ण प्रेरणा बनेको रहेछ । ‘तिमीले जुनसुकै बाटो रोजे पनि म तिम्रो साथ दिनेछु । भोलि तिमीले जुत्ता सिलाउने मोची बन्ने इच्छा गरे पनि म तिम्रै साथमा हुनेछ । तर, त्यो पेशामा तिमी सबैभन्दा उत्कृष्ट हुनुपर्छ ।’ बुबाको भनाइ उद्धृत गर्दै आजमीले दिएको अभिव्यक्तिमा बुबाप्रतिको सम्मान र आत्मविश्वास झल्किन्थ्यो । उनको भनाइमा पेशा ठूलो वा सानोभन्दा पनि आफूले रोजेको काममा उत्कृष्ट बन्ने प्रतिबद्धता महत्वपूर्ण हुने जीवनदृष्टि थियो । अभिनेत्री खड्काले, आजमीको परिवारमा रहेको राजनीतिक चेतना, साहित्यिक वातावरण र लैङ्गिक समानताको सोचले उनको अभिनय जीवनलाई कसरी प्रभावित ग¥यो भन्ने प्रश्न गर्दा, जवाफमा आजमीले आफ्ना बुबाले करिब ७५ वर्षअघि लेखेको एउटा कविताको प्रसङ्ग निकाल्दै बिम्बात्मक उत्तर दिनुभएको थियो । त्यस कवितामा महिलालाई पुरुषको पछाडि होइन, उनीहरूसँगै काँधमा काँध मिलाएर हिँड्न आह्वान गरिएको थियो । ‘म हुर्कँदा समानता जीवनको स्वाभाविक नियम हो भन्ने लाग्थ्यो । तर १९ वर्षको उमेरमा पुगेपछि समाजमा समानता स्वाभाविक अवस्था नभई अपवाद रहेछ भन्ने महसुस गरेँ ।’ उनले जीवन भोगाइको अनुभव सुनाउँदै भनिन् ‘परिवारबाट प्राप्त प्रगतिशील सोच र सामाजिक चेतनाले आफूलाई कलाकारका रूपमा मात्र नभई नागरिकका रूपमा पनि आकार दियो । त्यसैले आफूले अभिनय गर्ने चलचित्रमा मनोरञ्जनका साथमा सामाजिक प्रश्न र मानवीय संवेदनाका विषय समेटिएको छ या छैन भनेर स्क्रिप्टमा खोज्ने गर्थेँ ।’ ‘कलाकारको जीवनमा एउटा यस्तो समय आउँछ, जब आफ्नो कामलाई केवल बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्मको जागिर जस्तो ठान्न सकिँदैन । यसबाट जीवनको अर्थ र मर्म महसुस हुन्छ । शोषण, दमन र मानव अधिकारका विषय चेतना जागृत हुन्छ । यसकारण अधिकारका विषयमा कलाकारहरु चुप लागेर बस्न सक्दैनन् ।’ उ‍नले जागरणका लागि बिद्रोहका आवाज यतैबाट आउने बताइन् । संवादमा आजमी र स्वस्तिमाको अभिनय यात्रामा पनि केही समानता भेटिए । श्याम बेनेगल निर्देशित चलचित्र ‘अंकुर’ बाट अभिनय यात्रा सुरु गरेकी आजमीले व्यावसायिक र कलात्मक दुवै धारका चलचित्रमा आफ्नो प्रभाव स्थापित गरिन् । स्वस्तिमाले पनि व्यावसायिक चलचित्रबाट यात्रा सुरु गरे पनि ‘बुलबुल’ चलचित्रमा अभिनय गरेपछि पेशागत जीवनले नयाँ मोड लिएको हो । दुवै अभिनेत्रीले महिला पात्रका फरक आयाम र सशक्त भूमिकालाई आफ्नो अभिनय यात्रामा महत्व दिइन् । सन् १९७४ मा ‘अंकुर’ मा गरेको अभिनयबाट राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट अभिनेत्रीको सम्मान पाएकी आजमीले त्यसपछि ‘अर्थ’, ‘मासुम’, ‘पार’ र दीपा मेहताको ‘फायर’ जस्ता चलचित्रमा प्रभावशाली अभिनय गर्नुभएको छ । ‘अमर अकबर एन्थोनी’, ‘परवरिश’ र ‘अवतार’ जस्ता लोकप्रिय चलचित्रमा आजमीको भूमिकामा दर्शक सन्तुष्ट छिन् । कलात्मक चलचित्रमा काम गर्ने कलाकार व्यावसायिक चलचित्रमा सफल हुन सक्दैनन् भन्ने धारणा आफूले धेरै पटक सुन्नुपरेको आजमीको भोगाइ छ । उनका लागि चलचित्रको विधाभन्दा त्यसको कथा र प्रस्तुतिमा सशक्त अभिनय महत्वपूर्ण छ । उनी भन्छिन, ‘एउटा कलाकारका लागि माध्यमभन्दा पनि कथा र त्यो कथा कति इमानदारीका साथ प्रस्तुत गरिएको छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।’ उहाँले स्पष्ट पार्नुभयो । व्यावसायिक र कलात्मक चलचित्र बिचको अन्तरका विषयमा आफ्नो अनुभवलाई एक वाक्यमा व्यक्त गर्दै उनले भनिन् ‘व्यावसायिक चलचित्रले मलाई आर्थिक रूपमा सुरक्षित बनाएको छ भने कलात्मक चलचित्रले आत्मिक सन्तुष्टि दिलाएको छ ।’ दुई अभिनेत्री बिचको संवाद सकिन लाग्दा दर्शकका लागि प्रश्नोत्तरको समय छुट्याइएको थियो । त्यस क्रममा एक सहभागीले आफू शबाना आजमीका चलचित्र हेर्दै हुर्किएको र आज आफ्नै अगाडि उहाँलाई देख्दा विश्वास गर्न गाह्रो भइरहेको बताइन् । दर्शकको उक्त अभिव्यक्तिले आजमी भावुक बनिन् । लामो अभिनय यात्रामा आफूले कमाएको दर्शकको माया र सम्मानलाई उनले आत्मीयतापूर्वक स्वीकार उनले, आभार व्यक्त गरिन । The post काठमाडौं फिल्म फेस्टिभल, व्यक्तिगत र पेशागत जीवनका कथा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस स्याङ्जाको अधिवेशनमा संगठन सुदृढीकरण र रूपान्तरण मुख्य एजेन्डा
Latest NewsJust now

कांग्रेस स्याङ्जाको अधिवेशनमा संगठन सुदृढीकरण र रूपान्तरण मुख्य एजेन्डा

• नेपाली कांग्रेस स्याङ्जाको जिल्ला अधिवेशन कात्तिक १८ गते आयोजना हुने भएको छ, जसमा करिब ३ हजार प्रतिनिधि, नेता र कार्यकर्ताको सहभागिता रहनेछ। • अधिवेशनमा पार्टीको आन्तरिक चुनौती, राजनीतिक परिस्थिति र संगठनात्मक एकता जस्ता विषयमा चर्चा हुने अपेक्षा गरिएको छ। • नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीको एकता र नयाँ राजनीतिक संकल्पको अवसरका रूपमा अधिवेशनलाई उपयोग गर्न अपिल गरिएको छ। ...

नेपालबहस
अमेरिकामा विमान खस्दा ९ जनाको मृत्यु
Latest NewsJust now

अमेरिकामा विमान खस्दा ९ जनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा एक व्यावसायिक जेट दुर्घटना हुँदा विमानमा रहेका सबै नौ जनाको मृत्यु भएको छ। एएफपीका अनुसार आइतबार टेक्सासबाट बहामास जाँदै गरेको विमान दुर्घटना भएको हो।  विमान सडकनजिकै जमिनमा खस्दा ठुलो विस्फोट भएको थियो। आगो वरपरका क्षेत्रमा समेत फैलिएको थियो। दुर्घटनास्थल राष्ट्रपति डोनाल्ड ट्रम्पको मार-ए-लागो निवासबाट लगभग १४ क... ...

नेपालखबर
सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन
Latest NewsJust now

सुनकोशी–मरिण डाइभर्सनको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल अघि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान बसेको बैठकले कानुनी प्रक्रिया पूरा गरी आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। बैठकमा मन्त्रालयले आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक प्रक्रिया अघि ...

नेपालन्युज
स्कार्पिओ दुर्घटनामा ज्यान गुमाउनेहरूको दाहसंस्कार,  शोकमा डुब्यो वालिङ
Latest NewsJust now

स्कार्पिओ दुर्घटनामा ज्यान गुमाउनेहरूको दाहसंस्कार, शोकमा डुब्यो वालिङ

• बागलुङको बुर्तिबाङबाट फर्किंदै गरेको स्कार्पिओ जिप गुल्मीमा दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ। • घाइते ३ जनामध्ये एकको पोखरामा र दुईको पाल्पामा उपचार भइरहेको छ, र उनीहरूको स्वास्थ्यमा सुधार भइरहेको छ। • मृत्यु हुनेमा प्रतिष्ठित राजनीतिकर्मी, व्यवसायी र सामाजिक अभियन्ता रहेका छन्, जसको दाहसंस्कार विदेशमा रहेका छोराछोरीको पर्खाइमा गरिएको थियो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play