Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)अन्तर्गत मकवानपुरको महादेवटारस्थित सुरुङको `ब्रेक थ्रु´ भएको छ । सुरुङको ब्रेक थ्रु राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भएको हो । यसका लागि राष्ट्रपति पौडेल हेलिकप्टरमार्फत बिहान महादेवटार पुगेका हुन् । मकवानपुरको भीमफदी गाउँपालिका-८ बाट बकैया गाउँपालिका-१२ जोड्ने महादेवटारमा समानान्तर रूपमा दुईवटा सुरूङ निर्माणाधीन छ । तराई/मधेश द्रुतमार्गमा निर्माणाधीन ७ वटा सुरुङमध्ये सडकतर्फ नेपालकै सबैभन्दा लामो सुरुङ महादेवटार सुरुङ हो । यसको लम्बाई ३.४४५ किमि रहेको छ । The post काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ब्रेकथ्रु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल भएको हो । भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त ...

कर्पोरट खबर
यो सरकार एमालेमाथि निर्मम दमन गर्ने नीतिमा छ, प्रतिकारका लागि तयार रहनुपर्छः अध्यक्ष ओली
Latest NewsJust now

यो सरकार एमालेमाथि निर्मम दमन गर्ने नीतिमा छ, प्रतिकारका लागि तयार रहनुपर्छः अध्यक्ष ओली

• नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको निर्मम व्यवहारको प्रतिरोधका लागि अगुवा कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। • उनले सरकारको हमलाको संभावना र त्यसको प्रतिरोधमा लाखौं कार्यकर्ताको सहभागिता आवश्यक रहेको बताएका छन्। • ओलीले आफूलाई गिरफ्तार गर्दा कार्यकर्तामाथि भएको कुटपीटको घटनालाई पनि उल्लेख गरेका छन्। ...

नेपालबहस
जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी
Latest NewsJust now

जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले २५ प्रतिशत कैद छुट पाएका थिए ।  एमालेले आजदेखि काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी ...

फरकधार
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सो अवसरमा प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गरेका छन्। भेटमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई थप ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play