Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

काठमाडौं अब २४ घण्टा खुला गर्ने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौं अब २४ घण्टा खुला गर्ने तयारी
Photo / Coverage: पर्दाफास

काठमाडौं जिल्लालाई चौबिसै घण्टा खुला गर्ने तयारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले अघि बढाएको छ । यसका लागि आवश्यक सुरक्षा व्यवस्था तथा न्यूनतम पूर्वाधारको सुनिश्चितता गर्ने विषयमा प्रशासनले रणनीतिगत तयारी गरिरहेको जनाएको छ । प्रशासनले सूचना जारी गर्दै काठमाडौंका दरबारमार्ग र ठमेलजस्ता क्षेत्र यसअघि नै चौबिसै घण्टा खुला गर्ने निर्णयअनुसार सञ्चालनमा रहेको जनाएको छ । प्रशासनका अनुसार संघीय राजधानीसमेत रहेको काठमाडौं जिल्लाका सम्पूर्ण क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित आवश्यक तयारी भइरहेको छ । त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने प्रशासनको भनाइ छ । त्यस्तै, यातायात, व्यापार व्यवसाय, स्वास्थ्य सेवा, आपूर्ति व्यवस्था र सुरक्षा प्रबन्धलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ । काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रसमेत चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, यातायात व्यवसायी तथा निजी क्षेत्रसँग समन्वय गरी छिट्टै बैठक आयोजना गरिने प्रशासनले जनाएको छ । प्रशासनले आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थासहित बृहत् तयारी पूरा भएपछि मात्रै काठमाडौं जिल्लाका सम्पूर्ण क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने स्पष्ट पारेको छ । तर, हाललाई दरबारमार्ग र ठमेलजस्ता यसअघि नै चौबिसै घण्टा खुला गरिएका क्षेत्रबाहेक अन्य स्थानका व्यवसायीले भने अर्को सूचना जारी नभएसम्म साविककै निर्धारित समयअनुसार व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त
OthersJust now

आईएमई ग्रुपको भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

काठमाडौं । आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुपको भाइस प्रेसिडेन्ट पदमा नियुक्त गरेको छ । समूहले आफ्नो संगठनात्मक संरचनालाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले खड्कालाई उक्त जिम्मेवारी दिएको हो । नवनियुक्त भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गतका विभिन्न कम्पनीबीच समन्वय र सहकार्य बढाउने जिम्मेवारी सम्हाल्नेछन् । समूहका विभिन्न व्यवसायमा रहेको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण […] ...

लोकपथ
एमालेसँग चुनावी सहकार्य हुने निश्चित जस्तै छ : नेकपा प्रवक्ता प्रकाश ज्वाला
OthersJust now

एमालेसँग चुनावी सहकार्य हुने निश्चित जस्तै छ : नेकपा प्रवक्ता प्रकाश ज्वाला

आगामी निर्वाचनमा एमालेसँग चुनावी तालमेल र सहकार्य निश्चितजस्तै रहेको उल्लेख गर्दै उनले त्यसपछि पार्टी एकताको ढोका खुल्ने विश्वास व्यक्त गरे । ...

अनलाइन खबर
भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
OthersJust now

भीमफेदीमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेस्थित हेटौंडा–भैंसे सडकखण्डमा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ : ३० बजे भैंसेस्थित घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेको हो । दुर्घटनामा चालकसहित सुमोमा सवार १० जना घाइते भएका थिए ...

पर्दाफास
हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल
OthersJust now

हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताए । प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play