काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध पोखरा एभेन्जर्सका युवराज सामराले अर्धशतक पूरा गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सामराले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनले १९६.१५ को स्ट्राइक रेटमा आक्रामक ब्याटिङ गर्दै पोखराको इनिङ्सलाई गति दिएका छन् । सामरासँगै कुशल भुर्तेलले पनि उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनले २१ बलमा ४ चौका र ३ छक्कासहित ३९ रन बनाएका छन् ।
काठमाडौंविरुद्ध पोखराका युवराज सामराको विस्फोटक अर्धशतक

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






