काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले ठुलो आवाज निकाल्ने तथा स्वरूप परिवर्तन गरिएका ५२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। चाडपर्वको समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले विशेष निगरानी बढाउँदै ती सवारी साधन नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दान बहादुर थापाले नियन्त्रणमा लिइएका मोटरसाइकलमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
काठमाडौंमा ठुलो आवाज निकाल्ने ५२ मोटरसाइकल नियन्त्रणमा

Read Complete Original Article
Published originally on नेपालन्युज





