काठमाडौं। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८८४ जना सवारी चालकलाई कारबाही गरेको छ। मंसिर ११ गते बिहान ६ बजेसम्मको तथ्याङ्कअनुसार विभिन्न कसुरमा ती चालकहरू कारबाहीमा परेका हुन्। कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने ११७ जना र मादक पदार्थ सेवन गरी सवारी चलाउने ६४ जना चालकलाई कारबाही गरिएको छ। त्यस्तै, सिसिटिभी निगरानीमार्फत नियम उल्लङ्घन गरेको पाइएका ४७ जना र ट्राफिक बत्तीको पालना नगर्ने ३९ जना चालक कारबाहीमा परेका छन्। यसैगरी, सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ३४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १० जना र लेन अनुशासन उल्लङ्घन गर्ने ६ जनालाई पनि कारबाही गरिएको छ। सो अवधिमा अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ५६७ जना चालकमाथि कारबाही भएको ट्राफिक प्रहरीले जनाएको छ। समीक्षा अवधिमा एकतर्फी बाटो (वान वे) उल्लङ्घनको घटना भने शून्य रहेको छ।
काठमाडौँ उपत्यकामा २४ घण्टामा ८८४ चालक ट्राफिक कारबाहीमा

Read Complete Original Article
Published originally on नेपालन्युज






