Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

काठमाडौँ उपत्यकामा निरन्तर घट्दै न्यूनतम तापक्रम

Share:WhatsAppFacebookX (Twitter)Telegram
काठमाडौँ उपत्यकामा निरन्तर घट्दै न्यूनतम तापक्रम
Photo / Coverage: नेपालन्युज

काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो एक सातादेखि न्यूनतम तापक्रम निरन्तर ओरालो लाग्ने क्रम जारी छ। तापक्रम घट्दै जाँदा उपत्यकामा चिसो महसुस गरिएको छ। नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार बुधबार बिहान ५:४५ बजे गरिएको प्रारम्भिक मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको छ। विभागले हरेक दिन बिहान ८:४५ बजे आधिकारिक न्यूनतम तापक्रम मापन गर्ने गर्छ। मौसमविद् ढकालले बिहानको प्रारम्भिक मापनभन्दा आधिकारिक समयमा तापक्रम थप घट्न सक्ने वा सोही कायम रहन सक्ने बताए। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस रहेको थियो। मंसिर २ गते ९.५ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम त्यसयता निरन्तर घट्दै आएको छ। पछिल्लो सात दिनको तथ्यांकअनुसार मंसिर ३ गते ९, ४ गते ८.७, ५ गते ८.३, ६ गते ८.३, ७ गते ८ र ८ गते ७.९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। देशभर नै तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको छ। मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्छ। महाशाखाका अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको र अधिकतम तापक्रमले दिनभरको अवस्था जनाउँछ। बुधबारको मौसम पूर्वानुमानअनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ। राति कोसी र गण्डकीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बिहानीपख उपत्यका, खोच र तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। महाशाखाले बिहान ८ बजे मौसम बुलेटिन अद्यावधिक गर्ने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा हुँदै

• दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार विभिन्न पाँच खेलका प्रतिस्पर्धा हुँदैछन्, जसमा पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, टेनिस र पौडी समावेश छन्। • पुरुष फुटबलमा नेपाल आर्मी र लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ, जबकि महिला क्रिकेटमा बागमती र सुदूरपश्चिम, कोशी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। • पौडीका खेलहरू ११ विधामा हुनेछन् र औपचारिक उद्घाटन ...

नेपालबहस
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
Latest NewsJust now

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

सप्तरी, मङ्सिर ९ गते । रुपनी गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज बिहानको राति १ बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर... ...

गोरखापत्र
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ...

लुम्बिनी सञ्चार
कालीमाटीमा घट्यो प्याजको भाउ
Latest NewsJust now

कालीमाटीमा घट्यो प्याजको भाउ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज प्याजसहित केही तरकारीको भाउ घटेको छ। तर, च्याउ, लौका, गोलभेँडासहित कतिपय तरकारीको भाउ बढेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडाको मूल्य ६५ ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement