काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एकै दिनमा २.४ डिग्री सेल्सियसले बढेको छ। सोमबार बिहान ५ः४५ बजे गरिएको प्रारम्भिक मापनअनुसार उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस पुगेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मनोज भट्टका अनुसार आइतबार बिहान सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो। आइतबारको तुलनामा सोमबार बिहान तापक्रम २.४ डिग्रीले वृद्धि भएको देखिएको हो। मौसमविद्हरूका अनुसार रातिको मौसमले बिहानको न्यूनतम तापक्रम निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्छ। राति आकाश बादलले ढाकिएको अवस्थामा तापक्रम धेरै घट्न पाउँदैन भने आकाश खुला रहेको अवस्थामा तापक्रम तुलनात्मक रूपमा कम हुने गर्छ। यसै कारण रातको समयमा आकाशको अवस्था परिवर्तन हुँदा बिहान मापन हुने न्यूनतम तापक्रममा समेत उतारचढाव देखिने गर्दछ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रममा वृद्धि

Read Complete Original Article
Published originally on नेपालन्युज






