Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

काग तिहारमा रमेश दुलालले भेला पारे सयौँ काग

Share:WhatsAppFacebookX (Twitter)Telegram
काग तिहारमा रमेश दुलालले भेला पारे सयौँ काग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौंमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन् । आफ्नो मुखबाट कागको हुबहु आवाज निकालेर काग भेला पार्ने अनौठो कलाका कारण चर्चामा रहने दुलालले शनिबार बिहान नारायणहिटी दरबारमार्ग परिसरमा सम्मेलन आयोजना गरेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ र इलामको सन्दकपुर गाउँपालिकाको आयोजनामा सम्पन्न सम्मेलनमा दुलालले मुखबाट कागको आवाज निकालेपछि आकाशमा सयौँ काग भेला भएका थिए । उनले आवाज निकाल्न थालेको केही समयमै टाढाटाढाबाट कागहरू उडेर कार्यक्रममा आइपुगेका थिए । करिब १०० प्रकारका आवाज हुबहु निकाल्न सक्ने क्षमता भएका दुलालले विगत २३ वर्षदेखि निरन्तर काग तिहारको दिन काग सम्मेलन गर्दै आएका छन् । राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्षसमेत रहेका उनले सम्मेलनको २५औँ संस्करणलाई विशेष र भव्य बनाउने योजना सुनाए । त्यस अवसरमा ठूलो स्टेज निर्माण गरी कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक रूपमा आयोजना गर्ने उनको तयारी छ । काग सम्मेलनमार्फत उनले मनोरञ्जनसँगै समसामयिक राजनीतिक सन्देश पनि दिएका छन् । नयाँ पुस्ताका नेताहरूले देशलाई चाँडोभन्दा चाँडो विकासको गतिमा अघि बढाउनेमा आफू आशावादी रहेको उनले बताए । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालसहित विभिन्न कलाकार तथा संगीतकर्मीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष काग तिहारलाई विशेष बनाउँदै आएका दुलालको यो अनौठो कला र काग सम्मेलनले तिहारको सांस्कृतिक र मनोरञ्जनात्मक पक्षलाई समेत थप रोचक बनाउँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
करोडौँको लगानीमा खानेपानी आयोजना, गाउँमा अझै पानीको हाहाकार
Latest NewsJust now

करोडौँको लगानीमा खानेपानी आयोजना, गाउँमा अझै पानीको हाहाकार

हरिकृष्ण ऐडीमुगु, कात्तिक २१ गते । मुगुका ग्रामीण बस्तीमा करोडौँ रुपियाँ खर्चेर खानेपानी आयोजना निर्माण भइरहे पनि स्थानीय बासिन्दा अझै खानेपानीको समस्याबाट मुक्त हुन सकेका छैनन् ।... ...

गोरखापत्र
सर्वोच्चका प्रस्तावित न्यायाधीश डाँगीमाथि सांसदको प्रश्नैप्रश्न
Latest NewsJust now

सर्वोच्चका प्रस्तावित न्यायाधीश डाँगीमाथि सांसदको प्रश्नैप्रश्न

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीको संसदीय सुनुवाइ सम्पन्न भएको छ । शनिबार सिंहदरबारमा भएको सुनुवाइमा सांसदहरुले न्यायालयमा मौलाएको विकृति, बिचौलियाको... ...

रातोपाटी
इरानको केसम टापुमा मिसाइल प्रहार, अमेरिकी ड्रोन खसालिएको इरानी सेनाको दाबी
Latest NewsJust now

इरानको केसम टापुमा मिसाइल प्रहार, अमेरिकी ड्रोन खसालिएको इरानी सेनाको दाबी

इरानको समाचार एजेन्सी तस्निमले प्रारम्भिक रिपोर्ट उद्धृत गर्दै दुईवटा क्षेप्यास्त्र केसम टापुमा खसेको जनाएको छ।  इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पनि स्थानीयलाई उद्धृत गर्दै लेखेको छ, ‘विमानको आवाज सुनिएपछि टापुको सोजा क्षेत्रमा दुईवटा प्रक्षेपण खसेका छन्।’ तस्निमका अनुसार घटनामा सम्भावित हताहतबारे भने अहिलेसम्म कुनै आधिकारि... ...

नेपालखबर
भोटेकोशी बाढी: यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
Latest NewsJust now

भोटेकोशी बाढी: यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play