Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु : प्रस्तावित न्यायाधीश पाण्डे

Share:WhatsAppFacebookX (Twitter)Telegram
राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु : प्रस्तावित न्यायाधीश पाण्डे
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्याय सम्पादन गर्दा राजनीतिक प्रभाव र पहुँचलाई पूर्ण रूपमा अलग राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको कुर्सीमा बसेपछि राजनीतिक विचार, सम्बन्ध र आग्रह–पूर्वाग्रहको कुनै अर्थ नहुने बताएका हुन् । नेकपा एमालेकी सांसद पद्मा अर्यालले भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाणलाई धरौटीमा छाड्ने विषयमा पाण्डे र अर्का न्यायाधीश प्रकाश खरेलबीच राय बाझिएको घटनालाई उठाउँदै न्यायिक निष्पक्षता र जवाफदेहिताबारे प्रश्न गरेकी थिइन् । जवाफमा पाण्डेले न्यायाधीश भएपछि आफूले राजनीतिको चप्पल अदालतबाहिरै खोल्ने गरेको बताए । ‘म अदालतमा आइसकेपछि राजनीतिको चप्पल बाहिरै खोलेको छु । हामी न्यायाधीश भएपछि राजनीति गर्दैनौँ र गर्नु पनि हुँदैन । राजनीतिको चप्पललाई टाढै राख्नुपर्छ, बेन्चमा बसेपछि राजनीति कता, के भन्ने सबै कुरा आउट हुँदो रहेछ । खाली प्रमाण के छ, मिसिल के छ भन्ने कुराहरू मात्रै हुन्छन्’, उनले भने । भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने विषयमा आफूले तत्काल प्राप्त प्रमाणका आधारमा राय दिएको उनको स्पष्टीकरण थियो । उक्त मुद्दामा आफ्नो र अर्का न्यायाधीशको राय फरक परेको तथा तेस्रो न्यायाधीशको रायपछि अन्तिम आदेश भएको उनले स्पष्ट पारे ।‘मैले त राय मात्रै दिएको हो । मेरो राय अर्कोको फरक भयो र तेस्रो न्यायाधीशले छोड्नुभएको हो’, उनले भने । पाण्डेले न्यायाधीशको जिम्मेवारी राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि रहेर प्रमाणका आधारमा न्याय सम्पादन गर्नु भएको उल्लेख गर्दै अदालतको निष्पक्षता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । The post राजनीतिको चप्पल अदालतबाहिरै खोलेको छु : प्रस्तावित न्यायाधीश पाण्डे appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?
Latest NewsJust now

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीले ऐतिहासिक सफलता हासिल गरेको छ । प्रतिनिधिसभा, सिनेट र गभर्नर पदका निर्वाचनमा डेमोक्र्याटहरूले अपेक्षाभन्दा... ...

रातोपाटी
सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन
Latest NewsJust now

सर्वोच्चमा प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

सर्वोच्च अदालतका प्रस्तावित चारै न्यायाधीशलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ।  शनिबार बसेको संसदीय सुनुवाई समितिको बैठकले चारै जनाको नाम अनुमोदन गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले बताए। ‘चारै जनाको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ,’ सपभाति श्रेष्ठले भने।  सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित रत्नबहादुर बाग... ...

नेपालखबर
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन
Latest NewsJust now

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चन्द्रबहादुर सारु,... ...

रातोपाटी
ग्राहकहरूको उत्साहजनक सहभागितापछि दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार
Latest NewsJust now

ग्राहकहरूको उत्साहजनक सहभागितापछि दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार

काठमाडौँ । दराजको यस वर्षको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ मा सुरुवाती दिनहरूदेखि नै ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि दराज नेपालले अभियानको अवधि बढाएर नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म पु-याएको छ। यस विस्तारसँगै ग्राहकहरूले चाडपर्वको अवसरमा ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पु-याउने सुविधासहितका आकर्षक ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play