Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढी: यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढी: यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
Photo / Coverage: नेपालन्युज

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको हो । प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी (पश्चिम), तेह्रथुम, रुकुम (पूर्व), सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुली बेपत्ताको सूचीमा सार्वजनिक गरिएको छ । सात देशका १७१ बेपत्ता नागरिकको विवरण पनि प्राधिकरणले सार्वजनिक गरेको हो । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ । प्राधिकरणले आज सूचना जारी गर्दै बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न आग्रह गरेको छ । बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तहबाट भएको सिफारिसको आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा स्वदेशी व्यक्तिको सूची प्रकाशन गरिएको हो । यस्तै बेपत्ता विदेशी व्यक्तिको हकमा भने सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्नेगरी तोकिएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरण सार्वजनिक गरिएको हो । बत्तीस जिल्लाबाहेकका विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालय र बेपत्ता विदेशी नागरिकको हकमा नियोगबाट सूची प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म एक हजार ४५७ जनाको मृत्यु भएको छ । बाढीमा पाँच हजार २८५ बेपत्ता भएको प्राधिकरणको तथ्यांक छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारका लागि बजार झारिए हिमाली च्याङ्ग्रा
Latest NewsJust now

तिहारका लागि बजार झारिए हिमाली च्याङ्ग्रा

• तिहारको अवसरमा हिमाली च्याङ्ग्रा सहरमा भित्रिन थालेका छन्, व्यापारीले बागलुङ, पर्वत, कास्की, काठमाडौँ, चितवन र बुटवलमा च्याङ्ग्रा पुर्‍याइरहेका छन्। • बाढी पहिरोका कारण यस वर्ष च्याङ्ग्राको संख्यामा कमी आएको छ, तर अहिले मौसम राम्रो भएपछि च्याङ्ग्रा ल्याउने क्रम जारी छ। • बागलुङमा च्याङ्ग्राको मूल्य प्रतिकिलो २ हजार २०० रुपैयाँसम्म पुगेको छ, जुन गत वर्षको मूल्यभन्दा बढी हो। ...

नेपालबहस
केभिआर समिट च्यालेन्जमा इमानुएल र केल्सी पहिलो
Latest NewsJust now

केभिआर समिट च्यालेन्जमा इमानुएल र केल्सी पहिलो

काठमाडौँ, कात्तिक २१ गते । केभिआर समिट च्यालेन्जको नयाँ संस्करणमा पुरुषतर्फ फ्रान्सका इमानुएल गौहर र महिलातर्फ अमेरिकाकी केल्सी रेक्स पहिलो हुनुभएको छ ।ट्रेलमान्डु नेपालको आयोजनामा... ...

गोरखापत्र
सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी
Latest NewsJust now

सर्वोच्च अदालतका प्रस्तावित ४ न्यायाधीशको संसदीय सुनुवाइ जारी

न्याय परिषद्ले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । ...

कान्तिपुर
सर्वोच्च अदालतका लागि सिफारिस चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदन
Latest NewsJust now

सर्वोच्च अदालतका लागि सिफारिस चारै न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकले डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नाम अनुमोदन गरेको हो । उनीहरूको शुक्रबार र शनिबार समितिमा संसदीय सुनुवाइ गरिएको थियो । सुनुवाइपछि समितिले चारै जनाको नाम सर्वसम्मत […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play