Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

कागको पूजा किन गर्ने ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
कागको पूजा किन गर्ने ?
Photo / Coverage: पर्दाफास

आज तिहार पर्वको पहिलो दिन काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहारको सुरुवात काग तिहारबाट हुन्छ । यस दिन कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा छ । धर्मशास्त्रअनुसार कागलाई यमराजको दूत मानिन्छ । यमराजले पृथ्वीमा रहेका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने तथा त्यससम्बन्धी सन्देश आदानप्रदान गर्ने जिम्मेवारी कागलाई दिएको धार्मिक मान्यता छ । त्यसैले कागलाई शुभ तथा अशुभ समाचारको सूचकका रूपमा पनि लिने गरिन्छ । काग तिहारका दिन कागलाई घरआँगनमा बोलाएर खानेकुरा दिने र पूजा गर्ने चलन छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले काग तिहार धार्मिक आस्थासँगै प्रकृति र जीवप्रतिको सम्मानसँग जोडिएको पर्व भएको बताए । उनले काग हिन्दु धर्मावलम्बीका लागि मात्र नभई प्रकृतिसँग जोडिएको साझा पक्ष भएको उल्लेख गर्दै भने, ‘काग केवल हिन्दु धर्मको लागि मात्र होइन, हरेकको लागि प्रकृतिको हो । वास्तवमा हाम्रो सनातन वैदिक धर्म भनेको प्रकृतिको पूजा गर्ने पर्व हो । हामी कुशे औँसीमा कुशको पूजा गर्छौँ, नागपञ्चमीमा नागको पूजा गर्छौँ । त्यस्तै तिहारमा कागको पूजा गर्छौँ ।’ उनका अनुसार पुराणहरूमा कागलाई यमराजको दूतका रूपमा वर्णन गरिएको छ । यममार्गमा जाँदा कागलगायतका पक्षीले दुःख नदिऊन् र यात्रा भयमुक्त होस् भन्ने धार्मिक विश्वासका आधारमा कागलाई बलि दिने तथा पूजा–अर्चना गर्ने परम्परा रहेको उनले बताए । ढकालले कागलाई शुभाशुभ समाचारको सूचकका रूपमा लिने सामाजिक तथा सांस्कृतिक मान्यता पनि रहेको उल्लेख गरे । ‘काग कसैको घर अगाडि आएर करायो भने यसले कुनै न कुनै समाचार लिएर आयो भन्ने गाउँघरमा चलन छ । अझ शुभ समाचारभन्दा पनि अशुभ समाचार सुन्नुपर्ने हो कि भन्ने खालको मान्यता छ,’ उनले भने । उनका अनुसार प्राचीन ग्रन्थ बृहत् संहितामा वराहमिहिरले कागको चेष्टा र कराइका विषयमा विस्तृत व्याख्या गरेका छन् । कागको आवाज र व्यवहारबाट विभिन्न संकेत प्राप्त हुने विश्वास रहे पनि मानिसले उसको भाषा बुझ्न नसकेको उनले बताए । कागको चलाखी र सतर्कताबाट मानिसले पनि सिक्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘नीतिशास्त्रले पनि काकचेष्टा अर्थात् कागको जस्तो चेष्टा गर्नुपर्छ भनेर बताएको छ । त्यो चलाखीपन ममा आओस्, सबै कुरा बुझ्न सकूँ भनेर पनि कागको पूजा गर्ने हो । एउटा यममार्गमा भय नहोस् भनेर गर्ने धार्मिक तथा पौराणिक मान्यता छँदैछ । अर्को त्यसको जस्तै चेतना ममा आओस् भन्ने भावले पनि कागको पूजा गरिन्छ ।’ कागको पूजा गर्दा निश्चित विधि र मन्त्रको प्रयोग गरिने पनि उपप्राध्यापक ढकालले बताए । शास्त्रमा ‘काकोऽसि यमदूतोऽसि’ भन्ने मन्त्र उच्चारण गर्दै कागलाई मिष्ठान्न तथा विभिन्न परिकार अर्पण गर्ने विधान रहेको उनले जानकारी दिए । ‘विधि, हरेकको विधि हुन्छ । कागलाई बलिहरू दिइन्छ । “काकोऽसि यमदूतोऽसि” भन्ने मन्त्र उच्चारणपूर्वक हाम्रो शास्त्रमा हरेक कुराको विधि छ । बिना विधि केही पनि हुँदैन । संसार सृष्टि नै विधिमा चलेको छ,’ उनले भने । कागलाई खानेकुरा अर्पण गर्दा त्यसले सबैको कल्याण गरोस् भन्ने कामना गरिने उनको भनाइ छ । ‘हे काग देवता, तिमी यमराजका दूत हौ । मैले दिएको, अर्पण गरेको यो बलि तिमी खाऊ र सधैँभरि सबैको कल्याण गर भन्ने भावले हामी कागको पूजा गर्दछौँ,’ उनले भने । काग तिहारले धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र जीवजन्तुप्रतिको सहअस्तित्वको सन्देश दिने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने
OthersJust now

लक्ष्मीपूजामा विद्युतको माग १ हजार ७०० मेगावाट पुग्ने

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको अधिकतम माग करीब १ हजार ७०० मेगावाट पुग्ने र उत्पादन भने २ हजार ५०० मेगावाट हुने अनुमान छ । मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताएका ...

पर्दाफास
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
OthersJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

काग तिहार २०८३ को अवसरमा चर्चित एबम बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन गरेका छन् । शनिबार बिहान कागको आवाज निकाल्दै दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा पारेका हुन् । राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सह–आयोजनामा सम्मेलन गरिएको हो । कार्यक्रमको मुख्य प्रायोजकमा एनआरएनए वरिष्ठ ...

पर्दाफास
तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी
OthersJust now

तिहार र छठमा विद्युत आपूर्ति बन्द हुन नदिन यस्तो छ प्राधिकरणको तयारी

२१ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । उज्यालोको पर्व तिहारमा विद्युत आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ । तिहार तथा छठ… ...

अनलाइन खबर
सम्झौता भएको ६ वर्ष  बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन
OthersJust now

सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

२१ कात्तिक, स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् । ६ वर्षअघि सम्झौता भएर चारअघि निर्माण सुरु भएको भवन पूर्ण… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play