Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले १५ औं महाधिवेशन अन्तर्गत हालसम्म २६ जिल्लाको अधिवेशन सम्पन्न गरेको जनाएको छ । साथै सात जिल्लाको उद्घाटन भएको पनि जानकारी गराइएको छ । २२ कात्तिकसम्म सबै जिल्लाको अधिवेशन सक्नेगरी तयारी भएको जानकारी गराइएको छ । मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले २६ जिल्लामा नयाँ नेतृत्व आएको र चार जिल्लामा उद्घाटन भएको जानकारी दिए । त्यस्तै ६१८ पालिका, २२८ प्रदेश सभा साथै ११४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गरिएको डा. महतले जानकारी दिए । साथै आगामी मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनको उद्घाटन शेर बहादुर देउवाले गर्नेपनि उनले जानकारी दिए । ‘नियमिति महाधिवेशनका लागि छोटो समयमा प्रक्रिया अघि बढाएको थियो तर सक्रियता उत्साहपूर्ण पायौं । देशभरका कार्यकर्ताहरु स्वतस्फूर्त रुपमा र स्वयमसेवी भावनाले सहभागि भइरहनु भएको छ, हामी उत्साहित छौं,’ डा. महतले भने । अधिवेशनमा सहभागी सबैजना न्याय र विधिको पक्षमा साथै कांग्रेसको मूल मान्यताका काम गरिरहेको पनि उनले बताए । विशेष महाधिवेशनमा सहभागी भएका धेरैजना आफ्नो समूहमा जोडिन थाल्नुभएको र जोडिनेक्रम जारी रहेको पनि उनले जानकारी गराए । ‘धेरै साथीहरु उताबाट यता जोडिनु भएको छ । जोडिनेक्रम जारी छ । साथै मंसिर २१, २२, २३ मा हुने महाधिवेशनमा जोडिन आब्हान पनि गर्दछु,’ डा. महतले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ
OthersJust now

समावेशितालाई आत्मसात गरेमात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रदेश प्रमुख खापुङ

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुकको विविधतायुक्त समावेशितालाई आत्मसात गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । ...

अनलाइन खबर
प्रचण्डको आह्वान- ओली, वैद्य र विप्लवसम्मका कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ
OthersJust now

प्रचण्डको आह्वान- ओली, वैद्य र विप्लवसम्मका कम्युनिस्ट एक ठाउँमा आउनुपर्छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिमा सबै कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच मंगलबार आयोजित पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै उनले नेकपा एमालेदेखि विभिन्न धारामा विभाजित माओवादी समूहसम्मलाई एकताबद्ध गर्ने जिम्मेवारी सबैको काँधमा रहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ...

पर्दाफास
लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त
OthersJust now

लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डे नियुक्त

नेपाल सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा संरचनागत इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पूर्वाधार विकास, गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थापकीय पक्षलाई थप सुदृढ बनाउने उद्देश्यसहित सरकारले पाण्डेलाई उक्त जिम्मेवारी सुम्पेको हो । इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा लामो कार्यअनुभव सँगालेका पाण्डे सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा ...

पर्दाफास
कात्तिक २५ गते भाइटीका, यस्तो छ टीका लगाउने उत्तम साइत
OthersJust now

कात्तिक २५ गते भाइटीका, यस्तो छ टीका लगाउने उत्तम साइत

यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिनुपर्नेछ । समितिले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदान, २१ गते ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play