Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

कांग्रेस केन्द्रीय समितिमा कार्यसूची पेश, बैठक बुधबार पनि बस्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस केन्द्रीय समितिमा कार्यसूची पेश, बैठक बुधबार पनि बस्ने
Photo / Coverage: कर्पोरट खबर

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगन थापाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको छ । बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयमा विशेष सम्बोधन गरेका थिए। त्यसपछि महामन्त्री प्रदीप पौडेलले बैठकका लागि विभिन्न कार्यसूची प्रस्तुत गरेका थिए । बैठकमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ । त्यस्तै, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । The post कांग्रेस केन्द्रीय समितिमा कार्यसूची पेश, बैठक बुधबार पनि बस्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई   कारबाही
Latest NewsJust now

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई   कारबाही

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले सोमबार राति संयुक्त रूपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको छ । अनुगमनका क्रममा ठूला आवाजमा संगित […] ...

काठमाण्डुपाटी
पाकिस्तानसँग ९६ रनले पराजित हुँदै नेपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो
Latest NewsJust now

पाकिस्तानसँग ९६ रनले पराजित हुँदै नेपाल राइजिङ स्टार्स एसिया कपबाट बाहिरियो

काठमाडौं । नेपाल राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगिता यात्रा टुंगिएको हो । पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ५० ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement