Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram

ललितपुर । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार (कात्तिक १ गते) प्रेस विज्ञप्ति जारी गर्दै देश शोकमा रहेकाले यस वर्ष चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको जानकारी दिनुभएको हो । नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाले २०३४ सालको कोजाग्रत पूर्णिमादेखि सुरु गर्नुभएको चियापान कार्यक्रमलाई विशेष परिस्थितिबाहेक हरेक वर्ष निरन्तरता दिँदै आएको थियो । कांग्रेसले यस कार्यक्रमलाई शुभकामना आदानप्रदान, आपसी सद्भाव र राजनीतिक दलहरूबीच संवादको अवसरका रूपमा आयोजना गर्दै आएको थियो । तर यस वर्ष देश शोकमा रहेकाले परम्परागत कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पुँजी बजारको परिमाणात्मक छलाङ : जुट मिलदेखि ८० लाख डिम्याटसम्म
ताजा खबरJust now

पुँजी बजारको परिमाणात्मक छलाङ : जुट मिलदेखि ८० लाख डिम्याटसम्म

काठमाडौँ । नेपालमा पुँंजी बजारको इतिहास ९ दशक लामो भइसकेको छ । ९० वर्षको अन्तरालमा नेपाली पुँजीबजारको विकासले धेरै ठुलो छलाङ मारेको देखिन्छ । यद्यपि यसलाई व्यवस्थित बनाउन अझै धेरै... ...

रातोपाटी
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु
ताजा खबरJust now

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको […] ...

लोकपथ
घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम
ताजा खबरJust now

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला। घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र न्यौपाने प्रथम भएका छन्। स्थानीय चन्दननाथ नगरपालिकाको आयोजना तथा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सह–आयोजना र कर्णाली कला तथा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play