पोखरा। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी मङ्सिर १ गतेदेखि ‘हामी तयार छौँ’ अभियान सुरु गर्ने जानकारी दिएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, स्पष्ट विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागिएको बताए। पार्टीका कमीकमजोरी सुधार गर्दै सशक्त रूपमा प्रस्तुत हुन र सकारात्मक प्रतिपक्षको भूमिकाका लागि योजना बनाउन अभियान केन्द्रित रहने उनले उल्लेख गरे। महामन्त्री पौडेलले हल्ला र कानेखुसीले पार्टीलाई कमजोर बनाउने भन्दै त्यसतर्फ नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीलाई बलियो बनाउन आपसी सहकार्य र समन्वय अपरिहार्य रहेको उनको भनाइ छ। यसका साथै उनले कार्यविभाजन नपाएका नेताहरूलाई भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने स्पष्ट पारेका छन्। मङ्सिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तहको निर्वाचनको तयारीलाई व्यापक बनाउने योजना रहेको उनले बताए। अभियानको खाकासहितको सर्कुलर छिट्टै प्रदेश र जिल्ला तहमा पठाइने जानकारी उनले दिएका छन्।
कांग्रेसले मङ्सिर १ देखि ‘हामी तयार छौँ’ अभियान चलाउने

Read Complete Original Article
Published originally on नेपालन्युज



_kBWJEWVsLI.jpg)


