काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेरसहित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले शीर्ष नेताहरूको बैठक बोलाएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा पार्टीका पदाधिकारी तथा प्रतिनिधिसभामा विपक्षी दलका नेतासमेत सहभागी हुने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। उनका अनुसार बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्। सरकारले आईजीपी कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेपछि त्यसबारे पार्टीको धारणा तय गर्न बैठक बोलाइएको हो। पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुनेछ।
कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

Read Complete Original Article
Published originally on नेपालन्युज






