Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने सभापति थापाको भनाइ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने सभापति थापाको भनाइ
Photo / Coverage: नेपालन्युज

ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनले आगामी चार वर्षका लागि राष्ट्रिय पुनर्जागरण र समुन्नतिको मार्ग तय गरेको बताए। सोहीअनुसार पार्टीको नीति, विचार र कार्यदिशा निर्धारण गरिने उनको भनाइ थियो। थापाले राज्य र नागरिकबीच कमजोर हुँदै गएको विश्वास पुनःस्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। गत फागुन २१ गतेको निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै उनले त्यसको समीक्षा गरी स्पष्ट नीति तथा कार्यक्रममार्फत जनताको विश्वास जित्नुपर्नेमा जोड दिए। उनले २०६२/६३ को जनआन्दोलनपछिका २० वर्षको राजनीतिक अवस्थाको समीक्षा आवश्यक रहेको बताए। संविधान निर्माणपछि जनताका आकाङ्क्षा पूरा गर्ने सवालमा राजनीतिक दलहरू चुकेको उनको भनाइ थियो। सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय निर्वाचनमा प्राप्त गरेको जनादेशको सम्मान गर्दै पाँच वर्ष निर्बाध रूपमा सरकार सञ्चालन गर्न दिनुपर्ने बताए। कांग्रेसले प्रमुख प्रतिपक्षको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उल्लेख गर्दै उनले सरकारका राम्रा काममा सहयोग गर्ने र कमजोरीमा प्रश्न उठाउने बताए। पार्टीको विधान कार्यान्वयनमा कुनै सम्झौता नहुने बताउँदै थापाले कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर अर्को दलको सदस्यता लिने जनप्रतिनिधिले सम्बन्धित पदबाट राजीनामा दिनुपर्ने बताए। त्यस्तो अवस्थामा विधानअनुसार कारबाहीसमेत हुने उनको भनाइ थियो। थापाले आगामी पुस १५ गतेभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई अनुरोध गरिएको जानकारी दिए। बैठकमा स्थानीय निर्वाचनको प्रारम्भिक तयारी र पार्टीको आगामी राजनीतिक कार्यदिशाबारे पनि छलफल हुने उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
Latest NewsJust now

मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

• जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले चर्को आवाजमा डीजे र ध्वनि विस्तारक यन्त्रको अनाधिकृत प्रयोग नगर्न अनुरोध गरेको छ, जसले स्वास्थ्य र शान्तिमा असर पार्न सक्छ। • पटाकाजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ र कानूनी कारवाहीको चेतावनी दिइएको छ। • प्रहरीले बुटवल उपमहानगरपालिकामा सातजना बिचौलियालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। ...

नेपालबहस
हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा
Latest NewsJust now

हावाहुरीले त्रिपाल उडाउँदा बाढीपीडित समस्यामा

गोरखा । हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् । बूढीगण्डकीको बाढीले घर बगाएपछि डेढ महिनादेखि त्रिपालमुनि बस्दै आएका चुमनुब्री–३ का पाँच परिवारको त्रिपाल पनि उडाएपछि खुला आकाशमुनि बास बस्नुपरेको पीडित लालमाया गुरुङले दुखेसो गरिन् । उनी गत असोज २५ गतेको बूढीगण्डकीको बाढीबाट विस्थापित भई जगत गाउँको कुनामा पहराको फेदमा त्रिपाल टाँगेर बसोबास गर्न थालेका थिए ...

केन्द्रबिन्दु
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल
Latest NewsJust now

स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको प्रणाली एकीकरणबारे छलफल

​काठमाडौँ । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्दै योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ। बैठकमा हाल छुट्टाछुट्टै संरचनामा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement