कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल

कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल
horizontal HDतनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो”, उनले भने, “कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ ।” महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे । कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रुपान्तरणको अनुभूति दिलाउने उनको भनाइ थियो । सरकारको स्थिरताबारे पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए । सरकारको स्थिरताका पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने कांग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे । The post कांग्रेसमा व्यापक एकता भएको छ: महामन्त्री पौडेल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी
काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था ‘आईआरएनए ’ का अनुसार, इरानी एयर डिफेन्स प्रणालीअन्तर्गत... ...
.jpg)
अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु
शिवशंङ्कर मिश्रा बारा, कात्तिक ८ गते । बाराको कोल्हवी नगरपालिका-२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।आइतबार दिउँसो करिब ३ः२५ बजे... ...

पाकिस्तानका उपेक्षित विद्यालय: जीर्ण कक्षाकोठाले विद्यार्थीको जीवन नै जोखिममा
विद्यालयहरू: जब कक्षा कोठाहरू मृत्युको पासो बन्छन् ...

बेनिघाट-तातोपानी सडकखण्ड सञ्चालनमा
काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको जानकारी दिएका छन्। आइतबार मन्त्री लम्सालले सो सडकखण्ड पुनः सञ्चालनमा आएको बताएका हुन्। खोर्लाबेसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम सुरु गरिएको थियो। बाढीले थुपारेको ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सकिएको छ। ...


