नेपाली कांग्रेस अहिले एकैपटक तीनवटा राजनीतिक मोर्चामा सक्रिय देखिएको छ। संसद् र सार्वजनिक मञ्चबाट सरकारका कामकारबाहीमाथि निगरानी बढाउने, पार्टीको आन्तरिक संगठनलाई पुनर्संरचना गर्ने र आगामी निर्वाचनका लागि स्थानीय तहसम्म नेतृत्व तथा कार्यकर्ता तयार पार्ने। पछिल्ला दिनमा सार्वजनिक भएका केन्द्रीय कार्यसमितिका निर्णय र आइतबार सानेपामा सुरु गरिएको देशव्यापी अभियानको अभिमुखीकरणले कांग्रेसको नयाँ कार्यदिशा यिनै तीन विषयमा केन्द्रित रहेको देखाउँछ। चार दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको कार्यशैली, संविधान र विधिको शासन, आर्थिक अवस्था, राष्ट्रिय सरोकार, बाढीपीडितको पुनर्स्थापना, भूमिहीन तथा सुकुम्बासीको समस्या र पार्टीको आन्तरिक व्यवस्थापनबारे विभिन्न निर्णय गरेको छ। बैठकले सरकारका सकारात्मक काममा सहयोग गर्ने तर गलत निर्णय र प्रवृत्तिविरुद्ध सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने नीति दोहोर्याएको छ। पार्टीको नाम, झण्डा र चुनाव चिह्नको अनधिकृत प्रयोग रोक्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ। पार्टीभित्रको नेतृत्व विवाद, समानान्तर गतिविधि, संगठनात्मक एकता र नयाँ कार्यक्रमको प्रभावकारी कार्यान्वयन उसका लागि उत्तिकै चुनौती बनेका छन्। यससँगै कांग्रेसले ‘हामी तयार छौँ’ अभियानलाई देशका ७५३ वटै स्थानीय तहमा पुर्याउने तयारी अघि बढाएको छ। त्यसका लागि आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा अभियानमा खटिने प्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। स्थानीय तहमा सामाजिक कामलाई पार्टीको पहिचानसँग जोड्ने ‘एनसी फर एनसी’ अभियान, स्थानीय निर्वाचनका सम्भावित उम्मेदवारलाई लक्षित ४५ दिने नेतृत्व विकास प्रशिक्षण र हिमाली जिल्लामा अधिवेशनको तयारी पनि संगठनात्मक योजनाका महत्त्वपूर्ण हिस्सा हुन्। यी गतिविधिले कांग्रेसले आफूलाई केवल निर्वाचनमा प्रतिस्पर्धा गर्ने राजनीतिक दलका रूपमा सीमित नराखी नागरिकसँग प्रत्यक्ष जोडिने संगठनका रूपमा पुनःस्थापित गर्न खोजेको संकेत गर्छन्। तर पार्टीभित्रको नेतृत्व विवाद, समानान्तर गतिविधि, संगठनात्मक एकता र नयाँ कार्यक्रमको प्रभावकारी कार्यान्वयन उसका लागि उत्तिकै चुनौती बनेका छन्। सरकारमाथि निगरानी बढाउने निर्णय कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारप्रतिको आफ्नो भूमिकालाई रचनात्मक, जिम्मेवार र सशक्त प्रतिपक्षका रूपमा परिभाषित गरेको छ। सरकारका सकारात्मक काम, राष्ट्रिय हितका विषय, प्राकृतिक विपद् तथा अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रिय स्वार्थको प्रतिनिधित्वजस्ता विषयमा सहयोग गर्ने तर संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध दृढतापूर्वक उभिने निर्णय बैठकले गरेको छ। अब सरकारका निर्णय र गतिविधिमाथि संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट निरन्तर निगरानी तथा खबरदारी गर्ने उसको निष्कर्ष छ। “नागरिकका सरोकारका विषयमा सरकारलाई आवश्यक सहयोग गर्छौँ, तर सरकारले आफ्नो जिम्मेवारी पूरा नगरेका ठाउँमा प्रश्न उठाउनु र खबरदारी गर्नु कांग्रेसको दायित्व हो,” केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगनकुमार थापाले स्पष्ट पारेका थिए। कांग्रेसले सरकार गठन भएको प्रारम्भिक चरणमा नयाँ नेतृत्वलाई काम गर्ने अवसर दिन संयम अपनाएको जनाएको छ। तर अब सरकारका निर्णय र गतिविधिमाथि संसद्, सार्वजनिक मञ्च र लोकतान्त्रिक विधिबाट निरन्तर निगरानी तथा खबरदारी गर्ने उसको निष्कर्ष छ। यसका लागि संसदीय दललाई संसद्मा सरकारका कामकारबाही, जनजीविका र नागरिक अधिकारका विषय प्रभावकारी रूपमा उठाउन निर्देशन दिइएको छ। सरकारका कामकारबाहीबारे कांग्रेसको असन्तुष्टि राजनीतिक प्रक्रियामा मात्र सीमित छैन। पार्टीले संविधानको भावना, शक्ति पृथकीकरण, संसदीय अभ्यास, संवैधानिक निकायको स्वायत्तता र कानुनी शासनको अवस्थामाथि प्रश्न उठाएको छ। अनुसन्धान र कानुनी कारबाहीमा राजनीतिक सम्बन्धका आधारमा विभेद भएको, सार्वजनिक सेवा प्रवाह अपेक्षाअनुसार सुधार हुन नसकेको तथा आर्थिक कठिनाइ बढेको कांग्रेसको निष्कर्ष छ। मूल्यवृद्धि नियन्त्रण, लगानीयोग्य पुँजीको अभाव सम्बोधन, निजी क्षेत्रको मनोबल वृद्धि र रोजगारी सिर्जनाका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने कांग्रेसको माग छ। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रभावकारी कार्यक्रम ल्याउन पनि उसले सरकारलाई आग्रह गरेको छ। अध्ययन तथा छानबिन समिति एवं आयोगका कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने उसको माग छ। कार्यान्वयन हुन बाँकी प्रतिबद्धताका लागि स्पष्ट समयसीमासहितको कार्ययोजना ल्याउनुपर्ने कांग्रेसको भनाइ छ। सरकारले सार्वजनिक गरेको सयदिने कार्ययोजनाको उपलब्धि र कार्यान्वयनको वास्तविक अवस्था सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ। विभिन्न समुदाय तथा समूहसँग सरकारले गरेका सम्झौताको प्रगति विवरण र गठन गरिएका अध्ययन तथा छानबिन समिति एवं आयोगका कानुनबमोजिम सार्वजनिक गर्न मिल्ने प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने उसको माग छ। कार्यान्वयन हुन बाँकी प्रतिबद्धताका लागि स्पष्ट समयसीमासहितको कार्ययोजना ल्याउनुपर्ने कांग्रेसको भनाइ छ। भदौ २३ र २४ गतेका घटनासँग सम्बन्धित छानबिन, प्रतिबद्धता र निर्णयको अवस्थाबारे पनि कांग्रेसले सरकारसँग जवाफ मागेको छ। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन र गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन कहाँ पुगेको छ भन्ने प्रश्न उठाउँदै बैठकले सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। यो निर्णयले कांग्रेस अब सरकारका गतिविधिमा औपचारिक प्रतिक्रिया दिनेभन्दा नियमित निगरानी र प्रतिरोधको भूमिकामा सक्रिय हुन खोजेको देखाउँछ। तर प्रतिपक्षी भूमिकाको प्रभावकारिता वक्तव्य र आरोपमा मात्र निर्भर रहने छैन। उठाइएका प्रश्नलाई तथ्य, संसदीय बहस र निरन्तर सार्वजनिक निगरानीमार्फत अघि बढाउन सक्नु उसको वास्तविक परीक्षा हुनेछ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय। फाइल तस्बिर राष्ट्रिय मुद्दामा सरकारलाई प्रश्न केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय सरोकारका विषयमा सरकारलाई स्पष्ट जवाफ दिन दबाब दिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारीको कार्यान्वयनबारे कांग्रेसले सरकारसँग विवरण मागेको छ। भ्रमणका सकारात्मक पक्षलाई स्वीकार गर्दै सीमा, व्यापार, पारवहन, ऊर्जा र जलस्रोतसँग सम्बन्धित संवेदनशील विषयमा उच्चस्तरीय कूटनीतिक संवादलाई निरन्तरता दिनुपर्ने उसको धारणा छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि आवश्यक प्राविधिक तथा सञ्चालनसम्बन्धी प्रक्रिया कहिलेसम्म पूरा हुन्छ भन्ने प्रश्न पनि कांग्रेसले उठाएको छ। बाँकी हवाई प्रवेश मार्ग प्राप्त गर्न सरकारले कस्तो पहल गरिरहेको छ भन्ने विषयमा स्पष्ट कार्ययोजना र समयसीमा सार्वजनिक गर्नुपर्ने उसको माग छ। शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन, खेलकुद र जलवायु उत्थानशीलतासम्बन्धी समझदारीलाई घोषणामा सीमित नराखी निश्चित कार्ययोजना, समयसीमा र संस्थागत जिम्मेवारीसहित कार्यान्वयन गर्नुपर्ने उसले जनाएको छ। भारत भ्रमणका क्रममा घोषणा भएका अनुदान तथा सहुलियतपूर्ण ऋण राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा पारदर्शी रूपमा परिचालन गर्नुपर्ने कांग्रेसको भनाइ छ। शिक्षा, प्रविधि, स्टार्टअप, नवप्रवर्तन, खेलकुद र जलवायु उत्थानशीलतासम्बन्धी समझदारीलाई घोषणामा सीमित नराखी निश्चित कार्ययोजना, समयसीमा र संस्थागत जिम्मेवारीसहित कार्यान्वयन गर्नुपर्ने उसले जनाएको छ। सीमासम्बन्धी विषयलाई पनि कांग्रेसले उच्च प्राथमिकतामा राखेको छ। नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतासँग जोडिएका विषयलाई द्विपक्षीय संवादको मूल एजेन्डामा राख्न र विद्यमान संयन्त्रलाई सक्रिय बनाउन सरकारलाई आग्रह गरिएको छ। भ्रमणका क्रममा संवेदनशील विषयले अपेक्षित प्राथमिकता नपाएको भन्दै त्यसबारे संसद् र नागरिकलाई स्पष्ट जानकारी दिनुपर्ने कांग्रेसको धारणा छ। यस विषयमा कांग्रेसले राष्ट्रिय हितसँग जोडिएका मुद्दामा सरकारलाई दबाब दिने नीति अघि सारेको देखिन्छ। तर कूटनीतिक विषयमा राजनीतिक आलोचनासँगै तथ्यगत जानकारी, राष्ट्रिय सहमति र निरन्तर संवादको आवश्यकता पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। बाढीपीडित र भूमिहीनका मुद्दा कांग्रेसले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनालाई पनि प्राथमिकतामा राखेको छ। भोटेकोशी, बूढीगण्डकी र कालीगण्डकी करिडोरलगायत प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत, सुरक्षित आवास, खाद्यान्न, स्वास्थ्य सेवा र जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। भूमिहीन दलित, वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई पनि कांग्रेसले नीतिगत विषयका रूपमा अघि सारेको छ। प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर एकीकृत पुनर्लाभ तथा पुनर्निर्माणको खाका बनाउनुपर्ने कांग्रेसको धारणा छ। साना ऋणी, विस्थापित नागरिक, जलविद्युत् तथा पर्यटन क्षेत्रका व्यवसायीलाई लक्षित राहत, अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उसको माग छ। पुनर्निर्माणका कार्यक्रम प्रभावित समुदायको सहभागितामा सञ्चालन हुनुपर्ने, विस्थापित परिवारलाई सुरक्षित आश्रय र घरभाडा सहायता उपलब्ध गराउनुपर्ने तथा स्थानीय अर्थतन्त्र पुनर्जीवित गर्ने कार्यक्रम ल्याउनुपर्ने निर्णयमा उल्लेख छ। भूमिहीन दलित, वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानलाई पनि कांग्रेसले नीतिगत विषयका रूपमा अघि सारेको छ। वास्तविक भूमिहीनलाई आत्मसम्मानपूर्वक आवासको व्यवस्था गर्नुपर्ने तर सार्वजनिक जग्गा कब्जा गर्ने र गैरकानुनी रूपमा सार्वजनिक सम्पत्ति दोहन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उसको धारणा छ। “वास्तविक सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ। तर सार्वजनिक जग्गा अतिक्रमण र गैरकानुनी दोहनलाई पनि सामान्य रूपमा लिन मिल्दैन,” कांग्रेसले भूमिसम्बन्धी विषयमा अघि सारेको धारणाको सार छ। देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने गरी तयार गरिएको अभियानका लागि सानेपामा प्रतिनिधिहरूलाई अभिमुखीकरण गरिएको छ। नदी किनार, तालतलैया, बगर, वन क्षेत्र र सडकको मापदण्डभित्रका अतिक्रमण हटाउनुपर्ने तर वास्तविक भूमिहीनलाई पहिचान गरेर वैकल्पिक स्थानमा पुनर्स्थापना गर्नुपर्ने कांग्रेसको प्रस्ताव छ। सार्वजनिक जग्गा, सरकारी जग्गा, वन क्षेत्र र नदी तथा खोलाको वास्तविक अवस्थाको वैज्ञानिक पुनरावलोकन गर्न पनि उसले सरकारलाई आग्रह गरेको छ। भूमि समस्या समाधानका लागि विगतका आयोग तथा समितिका प्रतिवेदन, उपलब्ध अभिलेख र बसोबासको ऐतिहासिक पृष्ठभूमि अध्ययन गरेर एकीकृत राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने कांग्रेसको निष्कर्ष छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षासहितको कार्यक्रममार्फत भूमिहीन तथा अव्यवस्थित बसोबासीको जीवनस्तर सुधार गर्नुपर्ने उसको माग छ। ७५३ स्थानीय तहमा ‘हामी तयार छौँ’ कांग्रेसको संगठनात्मक सक्रियताको पछिल्लो उदाहरण ‘हामी तयार छौँ’ अभियान हो। देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने गरी तयार गरिएको अभियानका लागि आइतबार सानेपामा प्रतिनिधिहरूलाई अभिमुखीकरण गरिएको छ। काठमाडौं उपत्यकामा उपलब्ध प्रतिनिधिहरूलाई केन्द्रीय कार्यालयमा सहभागी गराइएको थियो भने उपत्यकाबाहिर रहेका प्रतिनिधिका लागि भर्चुअल सहभागिताको व्यवस्था मिलाइएको थियो। अभियानको उद्देश्य स्थानीय तहमा पार्टीको उपस्थिति देखाउनु मात्र होइन, नागरिकका समस्या पहिचान गर्ने, उनीहरूका गुनासा सुन्ने, स्थानीय सरकारका कामको अवस्था बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग संवाद गर्ने काममा केन्द्रित हुनुपर्छ। अभियानमा खटिने प्रतिनिधिलाई जिम्मेवारी, कार्यदिशा र आवश्यक जानकारीबारे स्पष्ट पार्ने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको हो। अभियानलाई देशव्यापी रूपमा प्रभावकारी बनाउँदै पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ गर्ने र नागरिकका मुद्दासँग प्रत्यक्ष जोड्ने कांग्रेसको लक्ष्य छ। महामन्त्री डा. डिला सङ्ग्रौलाले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी र कार्यदिशाबारे स्पष्ट पार्न अभिमुखीकरण आयोजना गरिएको बताएकी छन्। उनका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध प्रतिनिधिलाई सानेपामा सहभागी गराइएको थियो भने बाहिर रहेका प्रतिनिधिलाई अनलाइन माध्यमबाट जोडिएको थियो। अभियानको उद्देश्य स्थानीय तहमा पार्टीको उपस्थिति देखाउनु मात्र होइन, नागरिकका समस्या पहिचान गर्ने, उनीहरूका गुनासा सुन्ने, स्थानीय सरकारका कामको अवस्था बुझ्ने र समाधानका लागि सम्बन्धित निकायसँग संवाद गर्ने काममा केन्द्रित हुनुपर्छ। यसले कांग्रेसलाई स्थानीय तहमा राजनीतिक प्रतिस्पर्धी मात्र नभई नागरिकका समस्या सुन्ने र समाधान खोज्ने संगठनका रूपमा प्रस्तुत गर्ने अवसर दिन्छ। अभियानको उपलब्धि कति प्रतिनिधि परिचालन भए भन्ने तथ्याङ्कले मात्र होइन, कति नागरिकका समस्या पहिचान भए र समाधानका लागि कति पहल भयो भन्ने परिणामले मापन गर्नुपर्नेछ। ‘एनसी फर एनसी’ सामाजिक पहिचानको प्रयास कांग्रेसले अघि सारेको ‘एनसी फर एनसी’ अभियानले पार्टीका नेता तथा कार्यकर्ताले स्थानीय तहमा गर्दै आएका सामाजिक कामलाई संस्थागत पहिचान दिने लक्ष्य राखेको छ। पार्टीको नेतृत्वमा हुने सार्वजनिक तथा सामाजिक कार्यलाई व्यवस्थित बनाउँदै नागरिकको आवश्यकतासँग जोड्ने यसको उद्देश्य हो। आवश्यकताअनुसार अभियानलाई एक वर्षसम्म निरन्तरता दिन सकिनेछ। कार्यक्रमको अनुगमन र विवरण सङ्कलन गर्न केन्द्रमा छुट्टै सचिवालय स्थापना गर्ने तयारी छ। पार्टीका नेता–कार्यकर्ताले विभिन्न स्थानमा सामाजिक काम गर्दै आए पनि ती गतिविधि कांग्रेसको संस्थागत योगदानका रूपमा स्थापित हुन नसकेको नेतृत्वको बुझाइ छ। त्यसैले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामाजिक अभियान छनोट गरी चार महिनासम्म सञ्चालन गर्न निर्देशन दिइएको छ। सामुदायिक आवश्यकता सम्बोधन, सामुदायिक पूर्वाधार निर्माण, वातावरण संरक्षण, वृक्षरोपण, सीप विकास, रोजगारी सिर्जना र युवाकेन्द्रित कार्यक्रम अभियानमा समेट्न सकिनेछन्। स्थानीय आवश्यकता, भौगोलिक अवस्था र क्षेत्रको प्राथमिकताअनुसार कार्यक्रम छनोट गर्न सकिने व्यवस्था गरिएको छ। स्थानीय तहले छनोट गरेका अभियान र कार्ययोजनाबारे पुसको अन्तिम सातासम्म केन्द्रीय कार्यसमितिलाई लिखित जानकारी दिनुपर्नेछ। आवश्यकताअनुसार अभियानलाई एक वर्षसम्म निरन्तरता दिन सकिनेछ। कार्यक्रमको अनुगमन र विवरण सङ्कलन गर्न केन्द्रमा छुट्टै सचिवालय स्थापना गर्ने तयारी छ। पाठ्यक्रममा स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, स्थानीय तहका अधिकार र जिम्मेवारी, विकासका प्राथमिकता, पार्टीका नीति तथा कार्यक्रम र जनप्रतिनिधिको भूमिका समेटिनेछ। यसले पार्टीको सामाजिक उपस्थिति बढाउने सम्भावना राख्छ। तर सामाजिक कामलाई राजनीतिक प्रचारको साधनमा सीमित राखियो भने अभियानको विश्वसनीयता कमजोर हुनेछ। वृक्षरोपण गरेर संरक्षण नगर्ने, तालिम दिएर रोजगारीसँग नजोड्ने वा पूर्वाधार निर्माणको घोषणा गरेर काम अधुरै छाड्ने प्रवृत्तिले नागरिकको विश्वास बढाउँदैन। त्यसैले अभियानमा खर्च, कामको गुणस्तर र उपलब्धिको सार्वजनिक विवरण राख्नु आवश्यक हुनेछ। स्थानीय निर्वाचनका लागि नेतृत्व विकास कांग्रेसले स्थानीय तह निर्वाचनका सम्भावित उम्मेदवारलाई लक्षित गरी ४५ दिने प्रशिक्षण कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। नयाँ विधानअनुसार गठन हुने लिडरसिप एकेडेमीमार्फत देशका ७५३ वटै स्थानीय तहबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत पदमा उम्मेदवारी दिन इच्छुक नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइनेछ। एकेडेमीले आवेदन आह्वान गरी प्रशिक्षणमा सहभागी गराउने र भौतिक उपस्थितिका साथै अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्ने तयारी गरेको छ। पाठ्यक्रममा स्थानीय सरकार सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, स्थानीय तहका अधिकार र जिम्मेवारी, विकासका प्राथमिकता, पार्टीका नीति तथा कार्यक्रम र जनप्रतिनिधिको भूमिका समेटिनेछ। स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिले स्थानीय शासनको संरचना, बजेट, योजना निर्माण र नागरिकप्रतिको जिम्मेवारी बुझ्नुपर्ने मान्यता यस कार्यक्रमको आधार हो। उम्मेदवार छनोटलाई केवल गुटगत समीकरण वा व्यक्तिगत पहुँचमा सीमित नराखी नीति बुझाइ, क्षमता र सार्वजनिक जिम्मेवारीसँग जोड्ने प्रयासका रूपमा यसलाई लिन सकिन्छ। पहाडी तथा तराईका जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने प्रस्ताव छ। प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। तर प्रशिक्षण कक्षा सञ्चालन हुँदैमा योग्य उम्मेदवार छनोट सुनिश्चित हुँदैन। टिकट वितरणको प्रक्रिया पारदर्शी हुनुपर्छ। स्थानीय सदस्यको सहभागिता, महिला तथा युवा प्रतिनिधित्व, समावेशिता र उम्मेदवारको सार्वजनिक छविलाई पनि महत्त्व दिनुपर्छ। एकेडेमीले प्रमाणपत्र वितरण गर्ने संस्थाभन्दा सार्वजनिक नेतृत्वको गुणस्तर सुधार गर्ने निकायका रूपमा काम गर्न सक्नुपर्छ। अधिवेशन र आन्तरिक विवादको दबाब संगठनलाई तल्लो तहसम्म सक्रिय बनाउने योजनासँगै कांग्रेसले अधिवेशनको कार्यतालिका पनि अघि सारेको छ। हिमपातको सम्भावनालाई ध्यानमा राखेर हिमाली जिल्लामा मंसिर २४ र २५ गते अधिवेशन गर्ने तयारी गरिएको छ। पहाडी तथा तराईका जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने प्रस्ताव छ। प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म सञ्चालन गर्ने तयारी गरिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता र नेतृत्वबारे असहमति जनाउँदै समानान्तर गतिविधि अघि बढाइरहेको छ। उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। तर पार्टीभित्रको विवादले संगठनात्मक प्रक्रिया सहज बनाएको छैन। १५औँ नियमित महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति र संशोधित विधानलाई निर्वाचन आयोगले मंसिर ८ गते अद्यावधिक गरिसकेको छ। यससँगै आधिकारिक अभिलेखमा नयाँ कार्यसमितिको विवरण समावेश भएको छ। तर पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता र नेतृत्वबारे असहमति जनाउँदै समानान्तर गतिविधि अघि बढाइरहेको छ। उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। यसै सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा र चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ। कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा। फाइल तस्बिर कांग्रेसले पार्टीका आधिकारिक प्रतीक र नामको अनधिकृत प्रयोग गर्ने समूहविरुद्ध विधान र प्रचलित कानुनअनुसार आवश्यक कारबाही तथा कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। निर्वाचन आयोगलगायत सम्बन्धित निकायलाई पार्टीको वैधानिक पहिचान संरक्षण गर्न र आधिकारिक प्रतीकको अनधिकृत प्रयोग रोक्न आवश्यक कदम चाल्न आग्रह गरिएको छ। तर निर्वाचन आयोगमा कार्यसमिति अद्यावधिक हुनु र पार्टीभित्रको राजनीतिक विवाद समाधान हुनु फरक विषय हुन्। आधिकारिक अभिलेखले संस्थागत पहिचान स्पष्ट पार्न सक्छ, तर असन्तुष्ट समूह र कार्यकर्ताबीचको अविश्वास हटाउन राजनीतिक संवाद आवश्यक हुन्छ। कानुनी प्रक्रिया अघि बढाउँदा पनि पार्टीको एकता र संगठनात्मक स्थायित्वलाई ध्यान दिनुपर्ने चुनौती नेतृत्वसामु छ। सार्वजनिक कार्यक्रम र समावेशी संरचनामा सुधार कांग्रेसले पार्टीका सार्वजनिक कार्यक्रम सञ्चालनका लागि नयाँ कार्यविधि पनि परिमार्जनसहित पारित गरेको छ। कार्यक्रमलाई अनुशासित, समयबद्ध, मर्यादित र व्यवस्थित बनाउने तथा सादगी, मितव्ययिता, नागरिकप्रतिको संवेदनशीलता र सहभागितामूलक संवादलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। राजनीतिक दलका सार्वजनिक कार्यक्रम प्रायः लामो भाषण, औपचारिकता र खर्चिलो व्यवस्थापनमा केन्द्रित हुने आलोचना हुँदै आएको छ। नयाँ कार्यविधिले कार्यक्रमको समय व्यवस्थापन, मितव्ययिता र संस्थागत संस्कृतिमा सुधार ल्याउन खोजेको छ। तर कार्यविधि पारित गर्नु मात्र पर्याप्त हुँदैन। पार्टीका सबै तहले यसको पालना गर्न सके मात्र यसको उद्देश्य पूरा हुनेछ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई देशका ६ हजार ७४३ वटै वडामा जनचेतना, रोकथाम, पीडितको संरक्षण र न्यायमा पहुँचसँग जोड्न पार्टीका सबै तहलाई निर्देशन दिइएको छ। त्यस्तै, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका विषयमा अध्ययन र अनुसन्धान गर्न तथा नीतिगत पैरवीका लागि आवश्यक सामग्री तयार पार्न छुट्टै संरचना विकास गर्ने निर्णय गरिएको छ। पार्टीको आन्तरिक संरचना, नीति, निर्णय प्रक्रिया र संगठनात्मक अभ्यासलाई लैङ्गिकमैत्री, अपाङ्गतामैत्री र समावेशी बनाउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्टीभित्र हुने लैङ्गिक हिंसा, उत्पीडन र व्यवहारगत विभेदसम्बन्धी गुनासोको संवेदनशील तथा गोप्य सुनुवाइ गर्ने र आवश्यक सुधार वा कारबाहीका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गर्ने व्यवस्था अघि सारिएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई देशका ६ हजार ७४३ वटै वडामा जनचेतना, रोकथाम, पीडितको संरक्षण र न्यायमा पहुँचसँग जोड्न पार्टीका सबै तहलाई निर्देशन दिइएको छ। यी निर्णयले कांग्रेसले आफ्नो संगठनभित्रको अभ्यास सुधार्ने विषयलाई पनि प्राथमिकतामा राखेको देखाउँछन्। राजनीतिक दलले समाजमा समानता र समावेशिताको पक्षमा आवाज उठाउने हो भने आफ्नै आन्तरिक संरचनामा त्यसको अभ्यास देखाउनुपर्ने हुन्छ। नैतिक पुँजी र सार्वजनिक जवाफदेहिता आइतबार सानेपामा आयोजित ‘हामी तयार छौँ’ अभियानको अभिमुखीकरण कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको राजनीतिक विश्वसनीयता र सार्वजनिक आचरणलाई जोडेर धारणा राखेका छन्। उनले कांग्रेसको सबैभन्दा ठूलो शक्ति नै नैतिक पुँजी भएको बताउँदै त्यसलाई जोगाउने जिम्मेवारी प्रत्येक नेता तथा कार्यकर्ताको भएको उल्लेख गरे। “हाम्रो सबैभन्दा ठूलो स्ट्रेन्थ यही हो। हाम्रो सबैभन्दा ठूलो क्यापिटल भनेकै मोरल क्यापिटल हो। हामी बीपी कोइरालाको पार्टीका कार्यकर्ता हौँ, हामी गणेशमान सिंहको पार्टीका कार्यकर्ता हौँ, हामी कृष्णप्रसाद भट्टराईको पार्टीका कार्यकर्ता हौँ। हामीसँग त्यो लेगेसी छ,” थापाले भने। सरकारले आवश्यक ठानेमा आफ्नो पनि अनुसन्धान गर्न सक्ने भन्दै उनले छानबिनको सामना गर्न तयार रहेको अभिव्यक्ति दिएका छन्। सार्वजनिक जीवनमा रहेका व्यक्तिको व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनसमेत पारदर्शी हुनुपर्ने उनको भनाइ थियो। “मेरो सार्वजनिक जीवनमा व्यक्तिगत जीवन छ। मेरो परिवार छ, मेरो आफ्नो आर्थिक जीवन छ। ती सबै कुराहरूको बारेमा म सार्वजनिक ठाउँमा आएकोले गर्दा मेरा ती सबै कुरा पारदर्शी हुनुपर्छ,” उनले बताए। सरकारले आवश्यक ठानेमा आफ्नो पनि अनुसन्धान गर्न सक्ने भन्दै उनले छानबिनको सामना गर्न तयार रहेको अभिव्यक्ति दिएका छन्। “सरकारले चाहन्छ, मेरो अनुसन्धान गर्छ भने गर्छ। यी सबै कुराहरूको लागि हामी सबै तयार हुनुपर्छ। किनभने त्यसमा हामी सबै खरो उत्रिएर आएको हो। त्यसैले त्यो मोरल ग्राउण्ड हामीसँग छ,” थापाले भने। पार्टी सभापतिको जिम्मेवारीका विषयमा पनि उनले स्पष्ट धारणा राखेका छन्। “पार्टी सभापतिको कारणले गर्दा एक जना सदस्यको पनि एक ठाउँमा पनि शिर निहुरिन्न। त्यो मेरो जिम्मेवारी हो,” उनको भनाइ थियो। थापाले पार्टीका नेता तथा कार्यकर्तामाथि अन्याय वा राजनीतिक पूर्वाग्रह भए त्यसविरुद्ध उभिने पनि बताएका छन्। “हामी गलत कुराको भण्डाफोर गर्न तयार छौँ। त्यसको लागि हामी लड्न पनि तयार छौँ। हाम्रा साथीहरूविरुद्ध भएको अन्यायको विरुद्ध पनि बोल्न तयार छौँ,” उनले भने। पार्टीले आफ्ना नेता तथा कार्यकर्ताको आचरणमाथि कस्तो मापदण्ड लागू गर्छ, आरोप लाग्दा कस्तो प्रक्रिया अपनाउँछ, सार्वजनिक स्रोत र पार्टीको आर्थिक कारोबार कति पारदर्शी राख्छ र गल्ती प्रमाणित हुँदा कस्तो कारबाही गर्छ भन्ने कुराले नैतिक विश्वसनीयता निर्धारण गर्नेछ। यो अभिव्यक्ति पार्टीको संगठनात्मक अभियानसँग जोडिएको छ। स्थानीय तहमा खटिने प्रतिनिधिले कांग्रेसको ऐतिहासिक विरासत र नैतिक पुँजीलाई नागरिकसमक्ष पुर्याउनुपर्ने उनको आग्रह छ। तर नैतिक पुँजीको दाबी भाषणमा मात्र सीमित हुनु हुँदैन। पार्टीले आफ्ना नेता तथा कार्यकर्ताको आचरणमाथि कस्तो मापदण्ड लागू गर्छ, आरोप लाग्दा कस्तो प्रक्रिया अपनाउँछ, सार्वजनिक स्रोत र पार्टीको आर्थिक कारोबार कति पारदर्शी राख्छ र गल्ती प्रमाणित हुँदा कस्तो कारबाही गर्छ भन्ने कुराले नैतिक विश्वसनीयता निर्धारण गर्नेछ। घोषणाबाट परिणामसम्मको चुनौती नेपाली कांग्रेसका पछिल्ला निर्णय र गतिविधि हेर्दा पार्टीले आफ्नो राजनीतिक भूमिका र संगठनात्मक प्राथमिकता दुवैलाई पुनःपरिभाषित गर्न खोजेको देखिन्छ। सरकारमाथि निगरानी बढाउने निर्णयले प्रतिपक्षी भूमिकालाई सक्रिय बनाउने संकेत गर्छ। ‘हामी तयार छौँ’ अभियानले देशव्यापी संगठन परिचालन गर्ने लक्ष्य राखेको छ। ‘एनसी फर एनसी’ अभियानले सामाजिक कामलाई संस्थागत पहिचान दिने प्रयास गरेको छ। लिडरसिप एकेडेमीले स्थानीय निर्वाचनका लागि नेतृत्व विकास गर्ने लक्ष्य लिएको छ। अधिवेशनको तयारी र सार्वजनिक कार्यक्रमसम्बन्धी कार्यविधिले संगठनात्मक व्यवस्थापनमा सुधार खोजेको छ। तर यी सबै कार्यक्रमको प्रभावकारिता एउटै प्रश्नमा निर्भर हुनेछ- कांग्रेसले घोषणा गरेका योजनालाई कति परिणाममुखी बनाउन सक्छ? सरकारमाथि प्रश्न उठाउने दलले आफ्नै निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्छ। सामाजिक अभियान चलाउने पार्टीले स्थानीय समुदायको वास्तविक आवश्यकता सम्बोधन गर्नुपर्छ। नेतृत्व विकास गर्ने संस्थाले सक्षम र जवाफदेही उम्मेदवार तयार गर्नुपर्छ। समावेशिताको पक्षमा निर्णय गर्ने दलले आफ्नै संरचनामा समान सहभागिता सुनिश्चित गर्नुपर्छ। र, आधिकारिकता तथा संगठनको एकताको दाबी गर्ने नेतृत्वले असन्तुष्ट पक्षसँग संवादको सम्भावना पनि खुला राख्नुपर्छ। लामो राजनीतिक इतिहासको गौरवलाई वर्तमानको व्यवहारमा रूपान्तरण गर्ने, संगठनलाई चुनावी संयन्त्रबाट नागरिकसँग जोडिएको सामाजिक र राजनीतिक संस्थामा विकास गर्ने र सरकारमा नभए पनि राष्ट्रिय राजनीतिको प्रभावकारी शक्ति बनेर रहने। कांग्रेसका लागि अहिलेको अवसर पनि यही हो। लामो राजनीतिक इतिहासको गौरवलाई वर्तमानको व्यवहारमा रूपान्तरण गर्ने, संगठनलाई चुनावी संयन्त्रबाट नागरिकसँग जोडिएको सामाजिक र राजनीतिक संस्थामा विकास गर्ने र सरकारमा नभए पनि राष्ट्रिय राजनीतिको प्रभावकारी शक्ति बनेर रहने। कांग्रेसले अहिले संगठन, सरकार र नागरिक तीनै तहमा आफ्नो भूमिका पुनःस्थापित गर्ने प्रयास गरिरहेको छ। तर यी प्रयासबीच समन्वय कायम गर्न नसके कार्यक्रमको भीड बढ्नेछ, परिणाम होइन। त्यसैले पार्टीका लागि अहिलेको मूल परीक्षा निर्णयको संख्या होइन, निर्णय कार्यान्वयन गर्ने क्षमता हो।
कांग्रेसको पुनर्गठन र चुनौती

Read Complete Original Article
Published originally on नेपालन्युज






