Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा.महत

Share:WhatsAppFacebookX (Twitter)Telegram

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं १५औँ महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने बताउनुभएको छ । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै उहाँले पार्टीको पहिचान, नाम र विरासत कसैले खोस्न नसक्ने जिकिर गर्नुभयो । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रचार–प्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टरको शनिबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीभित्र देखिएको विवादबारे धारणा राख्दै संयोजक महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग हुनुभएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उहाँले आग्रह गर्नुभयो । ‘हामी आधिकारिक कांग्रेस हौँ भनेर मैदानमा निस्किएका छौँ। नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौँ। हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो।’ उहाँले महाधिवेशनबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफ्नो पक्षको चाहना रहेको पनि बताउनुभयो । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गरी सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो । महतले महाधिवेशनमा पार्टीको संगठनात्मक एकता र समावेशी सहभागितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाइएको छ । यसअघि महाधिवेशन मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा डा. महतलाई जिम्मेवारी दिएको थियो । त्यस्तै, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिको संयोजकमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पत्रकारका आँखामा गण्डकीका अनेक रङ
Latest NewsJust now

पत्रकारका आँखामा गण्डकीका अनेक रङ

गण्डकीका धार्मिक तथा ऐतिहासिक सम्पदा, पर्यटकीय गन्तव्यदेखि ओझेलमा परेका भूगोलसम्मलाई ‘गण्डकीका शालग्राम’ले समेटेको छ । हिमाल र पहाडप्रति मिथिलावासी लेखकको अनुराग तथा तिनको सौन्दर्य नियाल्ने दृष्टि भने विशिष्ट लाग्छ । ...

कान्तिपुर
बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई
Latest NewsJust now

बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो :  योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका थिए । शनिबार काठमाडौँमा आयोजित एमाले रामेछाप–काठमाडौँ सम्पर्क कमिटीको प्रथम अधिवेशनमा... ...

रातोपाटी
कार्टुनिष्ट क्षितिजलाई पितृशोक
Latest NewsJust now

कार्टुनिष्ट क्षितिजलाई पितृशोक

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर १२ गते । कार्टूनिस्ट क्लबका अध्यक्ष एवं वरिष्ठ कार्टूनिस्ट बासु क्षितिजलाई पितृशोक परेको छ । उहाँका पिता विष्णुबहादुर श्रेष्ठको ८० वर्षको उमेरम... ...

गोरखापत्र
घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन
Latest NewsJust now

घलेगाउँमा गुरुङ समुदायको परम्परागत ‘प्ला सेबा’ नाच प्रदर्शन

लमजुङ – गुरुङ समुदायमा मानिसको मृत्यु भएपछि गरिने अन्तिम संस्कार अर्थात् अर्घुम (पैँ/घेवा) का क्रममा नाचिने परम्परागत सांस्कृतिक नाच ‘प्ला सेबा’ (डुकुर/डुक्रा/डुगुरा) नाच घलेगाउँमा प्रदर्शन गरिएको छ । लमजुङको क्होंलासोथर गाउँपालिका–३ घलेगाउँमा स्थानीयले परम्परागत विधि र संस्कारअनुसार प्ला सेबा नाच प्रस्तुत गरेका हुन् । गुरुङ समुदायको मौलिक संस्कृति, धार्मिक विश्वास र पुर्ख्यौली परम्परासँग जोडिएको नाच […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement